News राजनीति

ओलीलाई भेट्न प्रधामन्त्री देउवा बालकोटमा, निर्णायक छलफलको तयारी

ओलीलाई भेट्न प्रधामन्त्री देउवा बालकोटमा, निर्णायक छलफलको तयारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् । उनीसँगै सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।

छलफलमा सहभागि हुन नेपाली कांग्रेसका अन्य नेताहरू पनि बालकोट जाँदै गरेको बताइएको छ । संसद्बाट एमसीसी पास गर्ने विषयमा सहमति निकाल्न प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् । आजको वार्तालाई निर्णायक वनाउने कांग्रेस नेताहरुको तयारी छ।

संसद् बैठकबाट एमसीसी पास हुन नसकिरहँदा प्रधानमन्त्री देउवासहित कांग्रेसका नेताहरूले भने यसलाई छिट्टै संसद्बाट पास गर्नुपर्ने भन्दै पहल गर्दैआएका छन् । यद्यपि सत्ता गठबन्धन दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले असहमति जनाउँदै आएका छन् ।

एमालेले भने यस मुद्दामा प्रवेश गर्नुअघि एमालेले कारबाही सिफारिस सांसद्हरूको विषयमा छलफल गर्नुपर्ने भन्दै आएको छ ।

यसअघि शुक्रवारै प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि बालुवाटारमा वार्ता भएको थियो । बालुवाटारमा माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा प्रधानमन्त्रीले छलफल गरेका थिए । 

विशेष