News

चीनियाँ साम्राज्यवादी शक्तिको अगाडि घुँडा नटेक्दा नेपाल आज कालो सूचिमा 

चीनियाँ साम्राज्यवादी शक्तिको अगाडि घुँडा नटेक्दा नेपाल आज कालो सूचिमा 

प्रेस काउन्सिल नेपालले नेपाल आज डटकमलाई कालोसूचीमा राखेको विषयमा अनलाईनका सञ्चालक माधवप्रसाद गुरागाईले आपत्ति जनाएका छन् । काउन्सिलले नेपाल आज डटकमसहित दुई अनलाईनलाई कालोसूचिमा राखेको विज्ञप्ति जारी गरेपछि सञ्चालक गुरागाईले शुक्रवार साँझ विज्ञप्ति जारी गर्दै काउन्सिलको निर्णयप्रति आपत्ति जनाएका हुन।


‘प्रेस काउन्सिल नेपालले नेपाल आजलाई कालो सुचीमा राखेको बारे नेपाल आजको प्रस्टोक्ति’ भन्दै उक्त निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ । ‘बिगत लामो समयदेखि स्वतन्त्र र निष्पक्ष पत्रकारिता गरिरहेको यस नेपाल आज डटकमलाई नेपाल चीन सिमाबारे खोजमूलक समाचार प्रकाशन गरेकै कारण बदनियत राखी, षड्यन्त्रपूर्वक एक महिलालाई उजुरी हाल्न लगाई, सञ्चालकको चरित्र हत्या गरी अन्ततः कालोसूचीमा राखिएको हाम्रो ठहर छ । कसैले महिला हिंसाबारे दिएको उजुरीउपर छानविन नै नगरी पीडितलाई नै थप पीडा दिने कार्य भएको छ ।’ विज्ञप्तिमा भनिएको छ।

‘कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेपाली काँगे्रसका केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको एक कार्यदलले नेपाल–चीन सिमाका सिमा स्तम्भहरु हराएका, सिमास्तम्भहरुलाई तारवारले घेरेर राखेको र चीनले नेपाली भूमिमा अनाधिकृत संरचना निर्माण गरेका तथ्यहरुसहितको प्रतिवेदन सार्वजनिक गरेपश्चात नेपाल आजले सो विषयमा निरन्तर समाचारहरु तथा स्थलगत रिपोर्टिंगहरु प्रकाशन÷प्रसारण गर्दैआएको थियो र छ’ अगाडि भनिएको छ–‘नेपाल–चीन सिमाबारे संघीय सरकारले समेत अध्ययन समिति बनाएर पनि नेपाल–चीन सिमामा समस्याहरु रहेको निश्कर्ष निकालेको छ । यस विषयमा बीबीसीलगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समेत समाचारहरु सम्प्रेषण गरेका छन् ।’ 

प्रेस काउन्सिल नेपालले चीनले नेपालको सिमा मिचेको तथा नेपालमाथि अघोषित रुपमा नाकाबन्दी जारी राखेको समाचारहरु हटाउन नेपाल आजमाथि निरन्तर प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा दवाव दिदैं आईरहेको र त्यो निर्देशनको वेवास्ता गर्दा नेपाल आजलाई कालो सूचिमा राखिएको गुरागाईले दावी गरेका छन् । ‘चीनविरुद्ध समाचारहरु नलेख्न प्रेस काउन्सिलको दवाव नमान्दा चीनियाँ साम्राज्यबादी विचारधारप्रति आस्था राख्ने काउन्सिलका नेतृत्वले नेपाल आजलाई कालोसुचीमा राखेको हाम्रो ठहर छ ।’– विज्ञप्तिमा भनिएको छ।  

यसैगरी, नेपालवाचडटकममा कार्यरत दर्जनौ पत्रकारहरुमाथि अन्याय हुदा त्यसभित्रको बेथितिको बारेमा पत्रकारहरुको हकहितको लागि पनि नेपाल आजले लेखेको समाचार नहटाउँदा नेपाल आजको सञ्चालकलाई फर्जी मुद्दामा जेल हाल्ने धम्की दिएको तथा नेपालवाचले आफ्नै महिला कर्मचारीको प्रयोग गरी काउन्सिलमा उजुरी दिन लगाएको समेत विज्ञप्तिमा जानकारी गराईएको छ। 

‘नेपाल आजका सञ्चालकको हिंसाबाट पीडित भनिएर प्रचारित ति महिला नेपाल वाचकै कर्मचारी रहेको यसैमार्फत खुलासा गर्दै ती महिलाको सत्यतथ्य पनि चाडैं उजागर हुने विश्वास व्यक्त गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘ति महिलाले प्रेस काउन्सिलको नेतृत्वको स्वास्र्थ विपरितका समाचारहरु नहटाए नेपाल आजका सञ्चालकविरुद्ध उजुरी हाल्ने धम्की समेत दिदै आएकी थिइन् र सोही क्रममा अर्को एक पुरुष प्रयोग गरी ५ लाख रुपैयाको माग समेत गरेको तथ्य समेत यहाँनेर उल्लेख गर्दछौं । यसको प्रमाण हामीसँग सुरक्षित छ । ’

नेपाल आज डटकममाथि भएको अन्यायपूर्ण कार्य सच्याउन गुरागाईले काउन्सिललाई अनुरोध गरेका छन् । विज्ञप्तिमा भनिएको छ–‘साथै, महिला प्रयोग गरी नेपाल आज डटकमलाई सिद्याउने मनसाय राखी चिनीयाँ साम्राज्यवादी शक्तिको पक्षपोषणमा गरिएको उक्त कार्यको निष्पक्ष छानविनको माग समेत गर्दै यस अन्यायविरुद्ध नेपाल आज अझ सशक्त रुपमा उभिने हाम्रा पाठकहरुलाई विश्वास दिलाउन चाहन्छौं ।’

प्रेस काउन्सिल नेपाल कालोसूची नेपाल आज

विशेष