News राजनीति

एमालेले भाउ नदिएपछि गठबन्धन जोगाउन ‘कांग्रेस मनाउने’ माओवादीको निर्णय

एमालेले भाउ नदिएपछि गठबन्धन जोगाउन ‘कांग्रेस मनाउने’ माओवादीको निर्णय

एमसीसी संसदबाट असफल वनाउन एमालेसँग मोर्चावन्दी गर्ने प्रयास असफल भएपछि नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउनै एक पटक प्रयास गर्ने निर्णय गरेको छ। 

माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाउन कोसिस गर्ने निर्णय गरेको हो ।

यसअघि माओवादी केन्द्रका अध्यक्षसहित शीर्ष नेताहरूले बिहीबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामै समय भेटवार्ता गरेका थिए । ओली र दाहालका विचमा ‘वान अन वान’ पनि कुरा भएको थियो। 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि पहिलोपटक भएको यो ‘आइब्रेक’ सम्भव भएको हो।  ५ पुस ०७७ मा प्रधानमन्त्रीको हैसियतमा ओलीले प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि त्यसविरूद्ध सडक र सदन संघर्षमा प्रचण्ड उत्रिएका थिए । प्रचण्डसहितको नेतृत्वमा चलेको शक्ति संघर्षकै जगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गएको ६ जेठमा पाँच दलीय गठबन्धन बनेको हो ।

तर सत्ता गठबन्धन संकटमा परेको सन्देश जानेगरी ओलीसँग प्रचण्ड संवादमा बसे । नौ महिनामै पाँच दलीय गठबन्धन टुट्ने अवस्था बन्नुको पछाडि भने एमसीसीमा साझा धारणा बन्न नसक्नु हो । प्रधानमन्त्री देउवा र उनको दल कांग्रेस, एमसीसी जसरी पनि अनुमोदनको पक्षमा उभिएको छ भने बाँकी सत्ता साझेदार विरुद्धमा छन् । कांग्रेसलाई जसपाका बाबुराम भट्टराई समूह र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मात्रै साथ दिएका छन् ।

छलफलमा प्रचण्डले एमसीसी बिफल बनाउने र सत्ता गठबन्धन परिवर्तनको प्रस्ताव गरे पनि यस्तो प्रस्तावमा ओली सहमत बनेन् । उल्टै एमसीसीको विपक्षमा आफू कहिल्यै नरहेको जवाफ दिएपछि शुक्रवारको वैठकले एक पटक कांग्रेससहितको गठवन्धनलाई नै टिकाउन प्रयास गर्ने निर्णय गरेको हो। 

विशेष