News विदेश

पुटिनलाई मोदीको फोनः ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह

पुटिनलाई मोदीको फोनः ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई टेलिफोन गरेर युक्रेनमाथीको शैनिक हमला रोक्न आग्रह गरेका छन्। बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेका हुन।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा मोदीले ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत उल्लेख छ ।

भारतले लामो समयदेखि ‘रुस र नेटोबीच जारी मतभेदलाई इमान्दारितापूर्वक छलफल गरेर मात्रै समाधान गर्न सकिने’ भन्दै आएको पनि मोदीको भनाइ थियो । त्यस्तै युक्रेनमा रहेका भारतीय नागरिक र त्यसमा पनि विशेषगरी विद्यार्थीको सुरक्षालाई लिएर मोदीले चिन्ता व्यक्त गरेको पनि समाचारमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम रइसीले समेत पुटिनलाई फोन गरेका छन् । पुटिनसँगको छलफलमा रइसीले पूर्वतर्फ नेटो फौजको विस्तार हुँदा कैयौं क्षेत्र र मुलुकको सुरक्षा जोखिममा परेको बताएका थिए ।

विशेष