युक्रेनका राष्ट्रपति निस्किए सडकमाः हतियार नविसाउँने, प्रतिरक्षा गर्ने

अमेरिकी सरकारले रुसमाथि थप प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।
रुसले युक्रेनमाथि हमला गरेपछि रुसले गर्नसक्ने सूचना प्रविधिको अद्यावधिक विकास रोक्न मिल्नेगरी र डलर आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। त्यस्तै रुसमाथि नयाँ नाकाबन्दीको घोषणासमेत अमेरिकाले गरेको छ।
सुरुले बिहीबारबाट युक्रेनमाथि हमला गरिरहेको छ। त्यसको रुसमै पनि विरोध भइरहेको छ। यसैविच
युक्रेनको सेनाले अहिलेसम्म रुसका ३५ सयभन्दा बढी सेनाको मृत्यु भइसकेको दाबी गरेको छ । यसैगरी झन्डै २०० जनालाई बन्दी बनाइएको दाबी गरिएको छ ।
युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १ सय २ वटा ट्याङ्क पनि गुमाएको छ बीबीसीले जनाएको छ । रुसले आफ्नोतर्फ भएको मानवीय क्षतिको भने कुनै विवरण सार्वजनिक गरेको छैन ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँ राजधानी कीभको सडकमा पुगेर भिडिओ खिच्दै रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गरेका छन् ।
‘मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्,’ उनले भनेका छन्–‘म यहीँ छु, हामी हतियार बिसाउँदैनौँ, हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौं ।’
त्यसैगरी, रुसी सैनिकहरूले दक्षिणी युक्रेनको मिलिटोपोल नगर नियन्त्रणमा लिएको रुसको रक्षा मन्त्रालयलाई उद्धृृत गर्दै समाचार रुसी समाचारसंस्था इन्टरफ्याक्स र स्पुत्निकले प्रकाशित गरेका छन् ।
मिलिटोपोल युक्रेनको मुख्य बन्दरगाह मारिऊपोलनजिकै रहेको एउटा मध्यम आकारको शहर हो।
रुस युक्रेन हमला