News

ओलीको आरोपः सर्वोच्चका न्यायाधिश एमाले सिद्याउन लागेका छन्

ओलीको आरोपः सर्वोच्चका न्यायाधिश एमाले सिद्याउन लागेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा बसेका केही न्यायाधीशहरु एमालेलाई सिध्याउन लागेको बताएका छन् ।

एमाले सम्बद्ध प्रगतिशील पेशागत कानून व्यसायी संगठन (पिपिएलए) को दोस्रो राष्ट्रिय सम्मेलन उद्घटन कार्यक्रममा ओलीले अमेरिकाबाट न्यायाधीश ईश्वर खतिवडाले फुल बेन्चलाई पठाएका इमेलले नै एमाले र केपी ओली सिद्याउन संविधानबाहिर गएर फैसला गरेको पुष्टि गरिसकेको वताए ।

‘पाँच जनाको बेन्च बन्छ, दुईजनाले अरु दुई जना अमूक न्यायाधीश राख्ने हो भने हामी बस्दैनौं भनेर छुट्टै आदेश लेख्नुहुन्छ’– उनले भने। अमेरिकबाट पठाएको इमेल पढेका साथीहरु (न्यायाधीश) त यहाँ छैनन् होला र राम्ररी जानकारी राख्ने साथीहरु त छन् । ‘एमाले नढाली नहुने थियो, केपी ओलीलाई नहटाई नहुने थियो । संविधानले हटाउन दिन्नथियो । न्यायधाीशले घरबाटै फैसला लेखेर लैजानुभएको थियो । फैसला पूर्व निर्धारित थियो’ उनले भने–‘इमेलले भन्छ त्यो फैसला पूर्वनिर्धारित थियो । न्यायाधीशहरु निमित्त पात्र हुन्।’

बार एशोसियसनका केही पदाधिकारी र वकिलहरुले तिघ्रा ठटाएका भरमा न्यायाधीश इजलासमा बस्ने र नबस्ने निर्णय भएको समेत उनले जीकिर गरे। 

ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोगलाई एमालेविरुद्ध भएको अर्थ लगाए। ’एक जना न्यायाधीशमाथि महाभियोग लगाएर न्यायिक क्षेत्र सुधार्न खोजेको रे? सबैको खुट्टामा घाउ भएको छ भने एउटाको खुट्टामा मल्हम दलिदिएर सबैको निको हुन्छ?’ भन्दै उनले प्रश्न गरे।

ओलीले महाभियोग लगाउने नै भए गत असार २८ को फैसलामा संलग्न सबै न्यायाधीशहरुलाई लगाउनुपर्ने धारणा धेरै पहिले नै राख्दै आएका थिए। सोही अनुसार उनले शनिबारको सम्बोधनमा पनि सर्वोच्च अदालतमा अलि बढी ’ट्रिटमेन्ट’ चाहिएको बताए। 

’यो (राणाविरुद्धको महाभियोग) किन ल्याएको भन्दा एमालेविरुद्ध ल्याएको हो, एमालेकाविरुद्ध। पाँच जनाले फैसला गर्ने, कोभन्दा को कम भनेर उफ्रीउफ्री, पाँच जना उफ्रिएको होइन त्यहाँ? अनि एक जना दोषी?’, उनको प्रश्न थियो।
 

विशेष