News

बालकोट बैठकमा देउवा र ओलीको कुरा मिलेन

बालकोट बैठकमा देउवा र ओलीको कुरा मिलेन

सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमाले बीचको वार्ता विना निश्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको नेताहरुको बैठकमा दुबै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताए ।

एमसीसीका विषयमा सहमति जुटाउने देउवाको दौडधुपकै क्रममा ओलीसँग भेटवार्ता भएको हो । 

छलफलमा कांग्रेसका नेता एवम् सञ्चारमन्त्री ज्ञानेनद्रबहादुर कार्की, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा पनि बालकोट पुगेका थिए।

प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता अनुमोदनका लागि अवरुद्ध संसद् सञ्चालन गराउन फागुन ५ गतेदेखि निरन्तर एमालेसँग छलफल गरिरहेका छन् । उनी फागुन ५ गते पत्नी डा. आरजु राणासहित बालकोट पुगेका थिए ।

सोही दिन बिहान प्रधानमन्त्री देउवाले कांग्रेस नेता डा. मिनेन्द्र रिजाललाई ओलीसँग वार्ता गर्न बालकोट पठाएका थिए। त्यससँगै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि ओलीसँग टेलिफोन संवाद गरेका थिए।

शुक्रबार राति पनि देउवा र ओलीको छलफल भएको थियो। 

विशेष