News राजनीति

प्रचण्ड र झलनाथकै कुरा बाझिएपछि...

प्रचण्ड र झलनाथकै कुरा बाझिएपछि...

केही दिनअघिसम्म एमसीसी संसदमा प्रस्तुत गर्नै नदिने अडामा रहेको नेकपा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पछिल्लो समय सहमतिमै एमसीसी अगाडि वढ्ने वताउँदै आएका छन् । उनले मध्यमार्गी बाटो खोजेर पनि एमसीसी अगाडि वढाउने र गठवन्धन जोगाउँने वताउने गरेका छन् ।

यसैक्रममा प्रचण्डले शनिबार सिंहदरवारमा नेकपा एकिकृत समाजवादीका नेताहरूसँग छलफल गरे। छलफलपछि उनले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने ‘मध्यमार्ग’को खोजीका लागि छलफल भइरहेको बताए।

तर एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने एमसीसीमा मध्यमार्ग भन्ने नहुने वताए । उनले आफूलाई मध्यमार्गबारे थाहै नभएको दाबी गरेका थिए। खनालले दाहालको भन्दा विपरीत जवाफ दिदै एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफूलाई जानकारी नभएको वताए ।

‘एमसीसी यथास्थितिमा पास हुँदैन। हाम्रो अडान यही हो’ उनले भने–‘एमसीसीको मुद्दा कसरी टुंगिन्छ, त्यसले धेरै कुराहरु निर्णय गर्छ।’

खनालले राष्ट्रिय हित अनुकूल हुने गरी एमसीसी सम्झौता परिमार्जन भएमात्रै आफूहरुले त्यसलाई संसदबाट पारित गराउन साथ दिन सक्ने स्पष्ट पारेका थिए।
 

विशेष