News

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजपनि भेटबार्ता

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आजपनि भेटबार्ता

अमेरिकी सहायता सम्झौता  मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सत्ता सहकार्यको विषयलाई अन्तिम रुप दिन आज प्रधानमन्त्री एबम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल हुँदैछ।

फागुन १६ भित्र एमसीसी संसदबाट अनुमोदन गराउने योजनामा रहेका देउवाले पार्टी सोही योजना अनुसार ओलीसँग भेट गर्न लागेका हुन । त्यसअघि उनले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफल गर्ने छन् । आन्तरिक छलफलपछि एमालेसँग वार्ता गर्न ओली निवास बालकोट जाने देउवाको तयारी छ।

कांग्रेसका एक नेताका अनुसार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले उपभासभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग छलफल गर्नेछन। 

त्यसपछि दिउँसो २ बजे यसपछि सोही टोली बालकोट जाने कार्यक्रम छ। देउवाले शुक्रबार राति पनि एमाले अध्यक्ष ओलीसँग वार्ता गरेका थिए । वार्तामा देउवासहित सञ्चारमन्त्री कार्की, उपसभापति खड्का र महामन्त्री गगनकुमार थापा सहभागि थिए । एमालेका तर्फबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए। 

विशेष