News

पुष्पका दाजुलाई हटाएको रिसमा बुद्ध एयर माथि हमला!

पुष्पका दाजुलाई हटाएको रिसमा बुद्ध एयर माथि हमला!

केही समय अगाडि एउटा अनलाईनले वुद्ध एयरका वारेमा समाचार लेख्यो। ‘बुद्ध एयरमा श्रम शोषणः कर्मचारीको तलब काट्ने, जहाज थप्ने’ शिर्षकको उक्त समाचारमा बुद्ध एयर ब्यवस्थापनले कर्मचारी/कामदारमाथि गरेको श्रम शोषण र कामदारले पाएको हैरानीका विषयमा उल्लेख थियो।

बुद्ध एयरले कर्मचारी/कामदारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको र कोरोनाको वहानामा १९ महिनासम्म ८० प्रतिशत तलब कटौती गरेर ज्यादती गरेको विषय समाचारमा उल्लेख थियो। यसैगरी, श्रम ऐन विपरित कर्मचारी/कामदारलाई ९ घण्टासम्म ओभरटाइम काम गर्न बाध्य बनाएर त्यस वापत पाउने सुविधामा समेत ठगी गरेको उल्लेख गरिएको गरियो।

बुद्ध एयरका पीडित कर्मचारीहरुका अनुसार ‘नेपाल वाच मल्टिमिडिया प्रालि’ द्वारा सञ्चालित नेपाल वाच डटकमले प्रकाशित गरेको त्यो समाचार सत्य नै थियो । यो समाचार एक महिला पत्रकारको ‘बाईलाईन’ मा ७ पुस ०७८ मा प्रकाशित भएको थियो। तर, २८ पुष ०७८ मै यो समाचार हटाईयो। समाचारको शिर्षक उही छ, तर समाचार भने अहिले पढ्न पाईदैन। बुद्ध एयरको समाचार हटाएर टीभीएस मोटरसाइकलको समाचारलाई त्यहाँ राखिएको छ। 

समाचारमा वाईलाईन पनि न्यूज चिफ रमेश सापकोटाको राखिएको छ। कर्मचारीहरुका अनुसार बुद्ध एयर ब्यवस्थापनसँगको रिसइवीका कारण प्रकाशित उक्त समाचार कुरा मिलेपछि हटाईएको हो । नेपाल वाच मल्टिमिडिया प्रालिका अध्यक्ष पुष्प ढुङ्गानाका दाजु सुभास ढुङ्गगानालाई बुद्ध एयरले हटाएको रिसईवी साँध्न प्रकाशित सो समाचार केही लाखमा कुरा मिलेपछि हटाईएको कर्मचारीले दावी गरेका छन्। 

समाचारका सम्पुर्ण सुचना सुभाषले नै दिएकाले अधिकांश विषय सत्य थिए। र पनि वुद्धले समाचार खण्डन गर्न नेपाल वाचलाई पत्राचार गर्यो। नेपाल वाचले समाचारको खण्डन नगरेपछि दुवै पक्षबीच वार्गेनिङ्ग भएको र समझदारी भएपछि समाचार हटाईएको ति कर्मचारीको दावी छ। समाचार हटेपछि वाईलाईन पनि परिवर्तन भएको हो।

 
समाचार हटेपछि आफुहरु थप पीडित भएको बुद्धका कर्मचारीहरु बताउँछन् । ‘समाचार प्रकाशित भएपछि समस्या समाधान होलाकी भन्ने आशा थियो, तर समचार हटाउँने वित्तिकै ब्यवस्थापनले आफ्नो जित मनायो’ ति कर्मचारी भन्छन्–‘सवैको नजरमा समाचार गलत भएर हटाईयो भन्ने परेको छ। तर, कर्मचारीका समस्यालाई सञ्चार माद्यमले लिलामीमा चढाएर स्वार्थ पुरा गरे। हामी थप पीडित भयौं।’

बुद्ध एयरको मिडिया हेर्ने कर्मचारीले भने नेपाल वाचमा तथ्यगत समाचार नआएपछि खण्डन पठाएको विषयसम्म आफुलाई जानकारी भएको र त्यसपछिको कुरा आफनो जानकारीमा नभएको वताएका छन्।

महिला पत्रकारको प्रयोग
नेपाल वाचका अध्यक्ष ढुङ्गाना र न्युज चिफ सापकोटाले वार्गेनिकङ्गका हरेक ठाउँमा पहिला तिनै महिला पत्रकारलाई अगाडि सार्ने गरेका छन् । जसरी वुद्ध एयरको समाचार पहिला उनको नाममा छापियो त्यसैगरी उनैको नाम जोडेर नेपाल आजका सञ्चालक माधवप्रसाद गुरागाईलाई पनि जेल पुर्याउने धम्की दिईएको थियो। 

नेपाल वाचका विषयमा नेपाल आजले समाचार प्रकाशित गरेपछि पटक पटक समाचार हटाउन आग्रह गरेको र समाचार हटाउन नमानेपछि तिनै महिलाको नाम लिएर ‘तँलाई जेल पुर्याउँछु’ भन्दै सापकोटाले आफुलाई धम्की दिएको नेपाल आजका सञ्चालक गुरागाईले वताउँदै आएका छन्। उनले धम्कीको रेकर्ड पनि उचित समयमा सार्वजनिक गर्ने वताएका छन् ।

न्युज चिफ सापकोटा नेपाल वाचमा १० प्रतिशत सेयर होल्डर एक सञ्चालकका साढुभाई हुन। पर्यटन ब्यवसायी समेत रहेका ति लगानीकर्ताले नेपाल वाचमा बिबाद आएपछि लगानी फिर्ता मागिरहेका छन । 

नेपाल आज कालोसूचिमाः काउन्सिलको नैतिकतामा प्रश्न
नेपाल वाच डटकमका वेथिती विरुद्ध नेपाल आजले विगतमा निकै समाचार प्रकाशित गर्यो। नेपाल वाचका अध्यक्ष पुष्प ढुङ्गानाको सनकका भरमा सम्पादक कला अनुरागीसहितको सिङ्गो टिमलाई हटाईएको, गोरखा पत्रबाट तलव सुविधा लिईरहेका फुपुका छोरा अर्जुन शर्मालाई नेपाल वाचमा राखेर अख्तियारको दुरुपयोग र वार्गेनिङको सिलसिला चलाएको, पर्यटन ब्यवसायी समेत रहेका एक संचालकलाई दुःख दिएर निस्कन वाध्य पारेको लगायतका विषयमा नेपाल आजले कलम चलाउँदै आएको थियो।

यिनै समाचारलाई आधारमा मानेर नेपाल आज डटकम विरुद्ध परेको उजुरीमा टेकेर प्रेस काउन्सिल नेपालले शुक्रवार नेपाल आज डटकमलाई कालोसूचिमा राखेको विज्ञप्ति जारी गरेको छ। यो विज्ञप्तिपछि प्रेस काउन्सिलको नैतिक्तामा समेत प्रश्न उठेको छ। समाचारका नाममा वार्गेनिङ गर्ने अनि कुरा मिलेपछि वाईलाईन सहित समाचार फेर्नु आचारसंहिता विपरित होकी त्यस विरुद्ध समाचार लेख्नु चै आचार संहिता विपरित हो, काम गरिरहेका पत्रकारलाई एकै पटक हटाएर गोरखा पत्रबाट सेवासुविधा लिईरहेका पत्रकार ल्याएर वार्गेनिङ गर्नु आचार संहिता विपरित होकी त्यसका विरुद्ध समाचार लेख्नु चै आचारसंहिता विपरित हो, मिडियाको लगानीका विषयमा सर्वत्र प्रश्न उठेपछि त्यसको समाचार लेख्नु आचारसंहिता विपरित होकी त्यसको वारेमा जवाफै नदिनु चै आचारसंहिता विपरित हो ? 

यो प्रकरणले प्रेस काउन्सिल ‘नेपाल आज’प्रति पुर्वाग्रही भएको पुष्टि हुने संचालक गुरागाईले दावी गरेका छन् । यति मात्रै होईन, केही समय अगाडि ‘ठगी आरोप’ मा पक्राउ परेकी एक महिलाको भनाईकै आधारमा एउटा टेलिभिजनले नेपाल आजका सञ्चालक गुरागाईलाई जोडेर अनर्गल रिपोर्ट वनायो। त्यस विषयमा गुरागाईले काउन्सिलमा उजुरी दिए। तर, काउन्सिलले त्यो उजुरीमाथि सुनुवाइ गर्ने नाममा उल्टै नेपाल आजका संचालकलाई टर्चर गर्ने काम गरेको गुरागाईको दावी छ। वरु त्यो विचमा टेलिभजनले नै आफनो गल्ति स्विकारेर कार्यक्रमका प्रोड्युसरलाई कारवाही गरेको थियो। 

यि सवै प्रकरणले काउन्सिल ‘नेपाल आज’प्रति पुर्वाग्रही भएर प्रश्तुत भएको उनले दावी गरे। समाचार प्रकाशित भएपछि समाचारको वास्तविक्ता अध्ययन नगर्ने वरु स्वअनुगमनका नाममा मिडियालाई नै आतंकित वनाउने कार्य आपत्तिजक रहेको गुरागाईले वताएका छन् ।


नोटः  नेपाल वाचले बुद्ध एयरको समाचार हटाएको विषयमा नेपाल आजले समाचार प्रकाशन गरेपछि पुरानो समाचारलाई पुनः सोही ठाउँमा राखिएको छ। तर, सुरुमा महिला पत्रकारको वाईलाईनमा छापिएको समाचार अहिले न्यूजचिफ सापकोटाको वाईलाईनमा छ। यस्तो छ वुद्ध एयरको समाचार

र यो पनि, 

  •  

नेपाल वाच प्रेस काउन्सिल नेपाल पुष्प ढुङ्गाना

विशेष