News

३० वर्षिय लोकप्रिय वडाध्यक्षको निधन, बजार वन्द

३० वर्षिय लोकप्रिय वडाध्यक्षको निधन, बजार वन्द

सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ। दुर्घटनामा घाईते भएका वडाध्यक्षको शुक्रबार राति काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको हो।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो। रत्नराजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका थिए।

उनि सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष थिए। कार्कीले कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए। 

 घाइते भएका उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थनीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन्। उनको निधनसँगै दोषीलाई कारवाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै स्थानीयले रत्ननगर वजार वन्द गराएका छन् ।

विशेष