News

एमसीसीका विषयमा गठबन्धनका नेताहरु नै विरोधमा उत्रिनु लज्जाजनकः बाबुराम 

एमसीसीका विषयमा गठबन्धनका नेताहरु नै विरोधमा उत्रिनु लज्जाजनकः बाबुराम 

जनता समाजवादी पार्टी, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री रहेका बेला एमसीसीका विषयमा केही नबोल्ने पूर्वप्रधानमन्त्रीहरु यतिबेला विरोधमा उत्रिनुको कुनै तुक नरहेको बताएका छन् ।

एमसीसी विषयमाथि भएको छलफलमा बोल्दै उनले उनले एमसीसीको विषयमा सबै पूर्वप्रधानमन्त्री भागिदार भएको बताउँदै त्यसका लागि क्षमायाचना समेत मागेका छन्। उनले एमसीसी नेपालको विकास पूर्वधानका निम्ति रहेकाले यसलाई स्वीकार गर्नुपर्ने बताए। 

‘हामी देश र जनताप्रति बफादार छौं भने सत्य बोल्ने आँट गर्नुपर्छ। अप्रिय नै सही सत्य बोल्नुपर्छ। म सत्य बोल्ने आँट गरेर यहाँ उभिएको छु’ उनले भने–‘पूर्वप्रधानमन्त्रीहरु अहिले एमसीसीको विषयलाई लिएर उफ्रिरहनुभएको छ। तर उहाँहरुकै पालामा यो सुरु भएको हो। त्यतिबेला कानमा तेल हालेर बसेका थियौं। गल्ती थियो भने त्यतिबेला नै भन्नुपर्छ। अहिले आएर चिच्याएर हुन्छ?’

गाउँघरतिर तमसुक गर्दा जुन भाषा लेखिएको हुन्छ, एमसीसीमा त्यस्तै भाषाको प्रयोग भएको हुनसक्ने उनले बताए। उनले एमसीसीको विषयमा सत्ता गठबन्धनका नेताहरु नै विरोधमा उत्रिनु लज्जाजनक रहेको बताए। एमसीसीको विषयमा नबुझेर आन्दोलन गरेको भनेर स्वीकार गर्नुपर्ने उनको भनाई छ।

एमसीसी नेपालको हितमा रहेको भन्दै भारतसँग गरिएको बीप्पा सम्झौताजस्तै चीनको बिआरआइ परियोजना पनि ल्याउनुपर्ने र अमेरिकाको एमसीसी पनि अनुमोदन गराएर नेपालको विकास निर्माणमा जुट्नुपर्ने भट्टराईले वताए । 

विशेष