पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमती
बलात्कारको आरोप लागेका नायक पूर्ण विक्रम शाह(पल शाह)लाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमती दिएको छ।
आइतबार मात्रै प्रहरीको सम्पर्कमा पुगेका नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा गत बुधबार बलात्कारको अभियोगमा जाहेरी दर्ता भएको थियो।
उनलाई प्रहरीले आईतवार अदालतमा पेश गरेको थियो। अदालतले अनुसन्धानका लागि ७ दिन म्याद दिएको प्रहरीले जनाएको छ।