News

‘कसै कसैको जुँगा तल गर्न नमिलेर व्याख्यात्मक टिप्पणी आयो’ 

‘कसै कसैको जुँगा तल गर्न नमिलेर व्याख्यात्मक टिप्पणी आयो’ 

नेपाली कांग्रेस सांसद मिनेन्द्र रिजालले माओवादी र एकिकृत समाजवादीका नेताहरुको अभिमानका कारण प्रधानमन्त्री लचक भएको बताएका छन् ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतामाथि सुरु भएको छलफलमा भाग लिँदै उनले व्याख्यात्मक टिप्पणीले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संशोधन, परिमार्जन र विकास गर्न नसक्ने भन्दै नेताहरुका कारण प्रधानमन्त्री त्यो कुरामा सहमत भएको बताए। 

‘यो सम्झौतामा व्याख्यात्मक टिप्पणी कसै कसैको जुँगा तल गर्न मिलेन । त्यसैले व्याख्यात्मक टिप्पणी आएको हो’ उनले भने । उनले अमेरिकाको एमसीसीमात्रै नभएर भारत र बिआरआइको पनि सहयोग लिएर देशको विकास गर्नुपर्ने बताए । 
 

मिनेन्द्र रिजाल

विशेष