News

भीम रावलको आरोपः ब्याख्यात्मक होईन, भ्रमात्मक घोषणा हो

भीम रावलको आरोपः ब्याख्यात्मक होईन, भ्रमात्मक घोषणा हो

नेकपा एमालेका नेता भीम रावलले सरकारले प्रतिनिधि सभामा पेस गरेको एमसीसी सम्झौतासम्बन्धी व्याख्यात्मक टिप्पणीलाई ‘भ्रमात्मक घोषणापत्र’ भन्दै नेताहरुले झुठको खेती गरेको आरोप लगाएका छन्।

उक्त टिप्पणीमाथि छलफलमा भाग लिँदै नेता रावलले यस्तो बताएका हुन्। उनले ११ बुँदे उक्त व्याख्यात्क टिप्पणीलाई ठगपत्र समेत भएको आरोप लगाएका हुन्। उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै संसदको यो निर्णय इतिहाँसमा कलंकको रुपमा स्थापित हुने वताए ।

उनले एमसीसी सम्झौता राष्ट्रघाती भएको प्रमाणित गर्ने र त्यसका लागि आधि घण्टाको समय उपलब्ध गराउन सभामुखसँग समय माग गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले उनको मागलाई वेवास्ता गर्दै तीन मिनेटपछि माईक अफ गरिदिए।

भीम रावल एमसीसी

विशेष