News अपराध सुरक्षा

प्रहरीको फरार सूचीमा रहेका सांसद सुटक्क संसद भवन छिरेपछि...

प्रहरीको फरार सूचीमा रहेका सांसद सुटक्क संसद भवन छिरेपछि...

प्रहरीको फरार सूचीमा रहेका प्रदेश १ का प्रदेश सभा सदस्य गुलेफुन खातुन सुटुक्क प्रदेशसभा भवन भित्र प्रवेश हाजिर गरेको खुलेको छ।

सरकारी सहीछाप कीर्ते मुद्दामा कैद सजाय सुनाइएकी उनी प्रहरीको फरार सूचीमा छन् । आइतबार प्रदेशसभाको बैठकमा उनले हाजिर गरेको पाईएको छ। खातुन आइतबार संसद बैठक सुरु हुनअघि संसदमा हाजिर भएकी हुन् । संसदको उपस्थिति खातामा हाजिर गरेकी उनी बैठकमा भने सहभागी नभएको प्रदेशसभा सचिवालयले जनाएको छ।

०७६ साल पुस ९ गते उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश यमुना भट्टराईको इजलासले सरकरी छाप र हस्ताक्षर कीर्ते गरेको मुद्दामा सांसद् खातुनलाई एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला सुनाएको थियो ।

कीर्ते मुद्दामा सांसद खातुनसहित उनका श्रीमान शेख शिलबर मिया, तत्कालिन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवाना सुनाएको थियो । कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारणा थप दुई वर्ष सजाय सुनाएको थियो ।

फैसला विरुद्ध पुनरावेदन गरेकी थिईन। उच्च अदालत विराटनगरले शेख सिलबरलाई सफाइ दिएको थियोभ ने सांसद खातुन र कर्मचारीहरु कामत र मण्डललाई जिल्ला अदालतको आदेश सदर गरेको थियो।

उच्च अदालत विराटनगरको फैसला पछि उनी फरार छिन् । मोरङ प्रहरीका एसपी जर्नादन जिसीले भने फरार सांसद खातुनको खोजी भइरहेको बताएका छन् । 

फरार सूची गुलेफुन खातुन

विशेष