News

वर्खास्त हुने थाहा पाएपछि असक्षम प्रअको राजिनामा, आर्थिक अनियमितताबारे छानविन हुने

वर्खास्त हुने थाहा पाएपछि असक्षम प्रअको राजिनामा, आर्थिक अनियमितताबारे छानविन हुने

बझाङको छबिस पाथिभेरा गाउँपालिका वडानं ०७ स्थित मजखोरी माध्यामिक विद्यालयका प्रधानाध्यापक जनक बोहराले आइतबार पदबाट राजिनामा दिएकाछन् । विद्यालय व्यवस्थापन समितिले आर्थिक अनियमितताको आरोपमा बोहरालाई पदाबाट बर्खास्त गर्ने सहमति गरेपछि उनले राजिनामा दिएकाहुन् ।

विद्यालयको प्रशासन सञ्चालन गर्न नसकेको भन्दै गत मंसिरमा बोहराले आफुलाई असक्षम प्रअ भएको स्विकार गरेका थिए । नेपाल आजसँगको संवादमा बोरराले आफु असक्षम भएको बताएका थिए । 

मंसिरमा शैक्षिक प्रशासन सञ्चालन गर्न नसकेको असक्षमता व्यक्त गर्दै बोहराले केही दिनभित्र राजिनामा दिने घोषणा गरेका थिए यद्यपी उनले करिब तिनमहिना पश्चात राजिनामा दिएका हुन् । ‘म यहाँको असक्षम प्रअ हुँ । यहाँका शिक्षकले मैले भनेको मान्दैनन् । प्रशासन चलाउन निकै गाह्रो भयो । अब केहि दिनमा राजिनामा दिन्छु ।’ उनले भनेका थिए । 

प्रअबाट राजिनामा दिएको जानकारी बोहराले फेसबुकमा लेखेकाछन् । छविसपाथिभेरा गाउँपालिका ०७ का वडाध्यक्ष पदम मण्डेलले समेत बोहराले राजिनामा दिएको र उनको राजिनामा स्विकृत भएको बताए । बोहराले पदबाट राजिनामा दिएपनि उनको कार्यकालमा भएको आर्थिक अनियमितताको बारेमा भने छानबिन हुने वडाध्यक्ष मण्डेलको भनाई छ । उनी भन्छन्, ‘विद्यालय व्यवस्थापन समितिले बोहरालाई बर्खास्त गर्ने सहमती गरेको थियो । उनले कार्यकालमा आर्थिक अनियमितता गरेको भनेर प्रश्न उठ्ने गरेका छन् । यद्यपी प्रअबाट बर्खास्त हुनुभन्दा अगाडि नै राजिनामा दिएकाछन् । तर पनि उनिमाथि लागेका आर्थिक अनियमितताका विषयमा भने छानविन गरिने छ । गाउँपालिकाबाट पनि आर्थिक अनियमितताको बारेमा छानविन गर्नु भनेर आदेश आएको छ ।’
 
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिमाल धामीले प्रअ बोहराको राजिनामा स्विकृत गरेको जानकारी दिएकाछन् । आइतबार विव्यस अध्यक्षले बोहराको राजिनमा स्विकृत गरेको बताए । 


बोहरा प्रधानाध्यापक भएदेखि नै विद्यालयको सामाजिक परिक्षण नगरेको, विद्यालयमा आएको बजेटको चरम दुरुपयोग गरेको तथा शैक्षिक गुणस्तर कायम गर्न नसकेकोले शिक्षकहरुले त्यसको प्रतिरोध गरेको शिक्षक रामचन्द्र मण्डेलले बताए । 


जनक बोहरा प्रधानाध्यापक हुँदा खुलेआम विद्यालयको रकम अपचलन गरेको शिक्षक मण्डेलको भनाई छ । ‘विद्यालयमा विनियोजित बजेटमा कागज मिलाएर पैसा खाएको देखियो । पुस्तकालयका लागि आएको ६ लाख ५० हजार बराबरको रकममा कागज मिलाएर खाएको देखिएपछि हामीले विल र किताबको हिसाब गछौँ भन्दा एक लाख फिर्ता गर्छु भनेकाछन् ।’ उनले भने । 


‘पुस्तकालय स्थापना गरेको २ वर्षसम्म सबै रकमको किताब ल्याए भनेका थिए । हामीले विल पेश गर्नुस भन्दा अटेरी गर्थे । बिहीबार सबै शिक्षकहरुले बाध्य बनाएपछि विल देखाउन त तयार भएनन् तर एक लाख फिर्ता गर्छु भनेकाछन् । एक लाख फिर्ता गर्छु भन्नुले प्रधानाध्यापक बोहराले रकम दुरुपयोग गरेको पुष्टि गर्छ ।’ शिक्षक मण्डेलको भनाई छ ।


२२ लाखको शौचालयमा जस्ताको छानो,

संरचना उस्तै, रकममा एघार लाखको फरक,

शौचालय विवादमा प्रशासनको ध्यानकर्षणः सिडिओले झिकाए कागजपत्र ,

२२ लाखको शौचालयका डिजाईनरलाई सिडियोको केरकारः मुल्याङ्कन अनुसार भुक्तानी गर्न निर्देशन

भवन निर्माण सम्पन्न नहुँदै सिफारिस माग, सिफारिस नदिएपछि वडाध्यक्षमाथि आक्रमण

गतिछाडा प्रधानाध्यापकको हर्कतः फेसवुक भरी अस्लिल गाली !

">१२ बजे विधार्थी घर पुगेपछि प्रधानाध्यापकको कठालो समात्न अभिभावक स्कुलमा

प्रधानाध्यापक बोहराले पुस्तकालय स्थापना गर्दा, आइटी ल्याव स्थापना गर्दा, विद्यालय भवन निर्माण गर्दा आर्थिक अनियमितता गरेको शिक्षकहरुको आरोप छ । 

आइटी ल्याव स्थापना गर्दा ल्याएको प्रिन्टरले एक पटक पनि काम नै नगरेको शिक्षक गोविन्द धामीले बताए । 

गत आर्थिक वर्ष निर्माण भएको ४२ लाख बराबरको विद्यालय भवनको काम मंसिरसम्म पनि पुरा भएको थिएन । प्रदेश सरकारको सामाजिक विकास शाखाबाट कागजात पेश गरेर रकम भुक्तानी लिइसकेपनि विद्यालयमा काम भने सम्पन्न भएको थिएन । 


करिब एक लाख ५० हजारको फर्निचरको विल पेश गरेर गत असारमा भुक्तानी लिएपनि मंसिरसम्म विद्यालयमा फर्निचर र इ तलाको विद्यालय भवनको सिढीमा समेत प्लास्टर गरिएको नभेटिएपछि हामीले जिल्लास्थित सामाजिक विकास शाखालाई जाकारी गराएका थियौँ । त्यस लगत्तै सामाजिक विकास कार्यालयले शिक्षक बोहरालाई फर्निचर र सिढीमा प्लास्टर गर्न निर्देशन दिएको थियो ।


प्रधानाध्यापक राजिनामा जनक बोहरा पदम मण्डेल

विशेष