News

एमसीसी प्रकरणमा प्रचण्डलाई अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकको गोप्य पत्र!

एमसीसी प्रकरणमा प्रचण्डलाई अन्तर्राष्ट्रिय कानुनका प्राध्यापकको गोप्य पत्र!

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलायतमा रहेका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सूर्य सुवेदीले पठाएको गोप्य पत्रको भरोसामा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको वताएका छन् ।

आफ्नो निवास खुमलटारमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुवेदीको चार पृष्ठ लामो गोप्य पत्रमा व्याख्यात्मक घोषणासहित अघि वढ्न सुझाएका कारण आफू यसमा दृढ भएर अगाडि बढेको जानकारी दिएका थिए ।

अध्यक्ष दाहाल पत्रकार सम्मेलनमा प्राध्यापक सुवेदीले लेखेको पत्र नै बोकेर प्रस्तुत भए पनि त्यसमा लेखिएका विषय भने पढेर सुनाएनन् । आफुले सबैभन्दा सुरुमा पूर्व परराष्ट्र सचिव तथा सार्कका पूर्वमहासचिव अर्जुन थापासँग यस विषयमा सल्लाह गरेको बताए । यसैगरी, वरिष्ठ अधिवक्ता गोविन्द बन्दीसँग पनि सल्लाह गर्दा एमसीसी सम्झौतालाई संसद्बाट व्याख्यात्मक घोषणासहित पारित गरे त्यसले कानुनी मान्यता पाउँछ भन्ने सुझावपछि आफूले उक्त प्रस्तावलाई अगाडि बढाएको दाहालले दाबी गरे ।

एमसीसी अनुमोदनका क्रममा नेकपा एमालेका नेता भीम रावलले व्याख्यात्मक घोषणालाई ठग पत्र भनेको विषयमा उनले त्यो गठपत्र नभएको वताए । ‘मैले विज्ञहरुसँग छलफल गरेर स्पष्ट भएपछि नै यसलाई अगाडि बढाउन प्रस्ताव गरेको हुँ। हाम्रो संसद्ले पारित गरेको व्याख्यात्मक घोषणा अमेरिकाले पनि मान्नुपर्छ र उसले मान्छ भन्ने विषयमा दूतावासबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ । त्यसैले पनि यसलाई अगाडि बढाउन सजिलो भएको हो’– उनले भने।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसी

विशेष