News

नारायणकाजीलाई पार्टी छोड्न किन उक्साउँदैछन् प्रचण्ड ?

नारायणकाजीलाई पार्टी छोड्न किन उक्साउँदैछन् प्रचण्ड ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई अप्रत्यक्ष रुपमा पार्टी छोड्न संकेत गरेका छन् । आइतवार संसदबाट एमसीसी पास भएपछि त्यसको वारेमा प्रष्टिकरण दिन आयोजित पत्रकार सम्मेलनमा दाहालले नेता श्रेष्ठतिर लक्षित गर्दै वामदेव जसरी पार्टी छाडेर गए आफूले नरोक्ने टिप्पणी गरे। 

भारतसँग भएको महाकाली सन्धिका वेलामा एमालेका नेता वामदेव गौतमले राजेको वाटो नारायणकाजीले रोजेमा रोक्न नसक्ने उनको भनाई थियो। उनले उनले यसो भन्दै गर्दा घुमाउरो पारामा नारायणकाजीलाई पार्टी छोड्न नै भने।

‘महाकाली सन्धिमा राष्ट्रघात भयो भनेर एमालेका आधा केन्द्रीय कमिटी लिएर वामदेवजी जानु भयो। तर भोट आयो शून्य, उहाँको पार्टीले एक सिट पनि जित्न सकेन’ दाहालले भने–‘त्यसैले कोही सेन्टिमेन्टमा आउनु हुँदैन भन्ने हो। राजनीति भोलेन्टियर्स कर्म हो कोही कसैलाई जबर्जस्ती गर्नु हुँदैन। कसैलाई जबर्जस्ती बस भन्न पनि सकिँदैन।’

१२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पास भएपछि नेता श्रेष्ठले व्याख्यात्मक घोषणाका नाममा सुनियोजित भ्रम छरिएको बताएका थिए। ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे। आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्’– उनले भनेका थिए। 

प्रचण्डले एमसीसी पास गर्ने निर्णय पार्टी बैठकमा लिएदेखि नै नारायणकाजी, गिरिराजमणि पोखरेलसहितका नेताहरुले असहमति जनाउँदै आएका थिए। तर सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले माओवादीका सबै सांसद एक भएर एमसीसी पास गरेको बताएका छन्।

‘नारायणकाजीलाई यति भनिदिएपछि, बोलिदिएपछि माओवादीका भएभरका कार्यकर्ता आफैंतिर आउँछ, केन्द्रित हुन्छन् भन्ने परेको हो। जनता ह्वार्र मैतिर आउँछन् भन्ने ठानेर उहाँले सार्वजनिक रुपमै बोलिदिनु भएछ’– उनले थपे।

प्रचण्डको यो अभिब्यक्तिपछि बामदेव समर्थकले भने उनको आलोचना गरेका छन् । पार्टीका नेतालाई साईजनमा राख्ने र चेतावनी दिने नाममा प्रचण्डले अर्को पार्टीका निष्ठावान नेताको मानमर्दन गरेको उनीहरुको भनाई छ।
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष