News

एमसीसी प्रकरणः सुर्खेतमा एमाले र कांग्रेसको कार्यालयमा आगजनी र तोडफोड

एमसीसी प्रकरणः सुर्खेतमा एमाले र कांग्रेसको कार्यालयमा आगजनी र तोडफोड

एमसीसी सम्झौता अनुमोदनको विरोध गर्दै नेकपा एमालेको सुर्खेत पार्टी कार्यालयमा आगजनी गरिएको छ। नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले कार्यालयमा आगजनी गरेका हुन ।

वीरेन्द्रनगर नगरपालिका– ६ मा रहेको एमाले जिल्ला कार्यालयमा बन्दकर्ताले आगजनी गरेका हुन् । यसैगरी, नेपाली कांग्रेसको कार्यालयमा पनि तोडफोड गरिएको छ। 

बन्दकर्ताहरूले सुरक्षामा खटिएका प्रहरीमाथि समेत ढुंगा हानेका छन् । सो क्रममा वन्दकर्ता र प्रहरीबी झडप भएको थियो। अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले ३ दर्जन अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सत्तामा रहेका ४ दल र प्रतिपक्षी दल एमालेको सहमतिमा राष्ट्रघाती एमसीसी सम्झौता अनुमोदन गरिएको भन्दै ती दलले सोमबार बन्द आह्वान गरेका थिए । सोमबार बन्दको आह्वान गर्नेमा बन्द आह्वान गर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतका दल छन् ।

हस्ताक्षर भएको चार वर्षपछि र संसद्मा पुगेको अढाई वर्षपछि एमसीसी सम्झौता आईबार प्रतिनिधिसभाबाट अनुमोदन भएको थियो ।

विशेष