News विदेश

रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु

रुस र युक्रेनबीच बेलारुसमा वार्ता सुरु

रुसले युक्रेनमा जारी राखेको शैनिक हमलालाई लिएर दुई देश विच वार्ता सुरु भएको छ।

युक्रेन र बेलारुसको सीमा क्षेत्रमा सोमबार उच्चस्तरीय वार्ता सुरु भएको हो । वार्ता सुरु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबका २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण रहने जनाएका छन् ।

वार्ताको मुख्य एजेन्डा युद्धविराम र युक्रेनी भूमिबाट रुसी सेना फिर्ता हुनुपर्ने बताइएको छ । युक्रेनमाथि रुसले आक्रमण गरेको ५ औं दिनमा दुई देशबीच वार्ता सुरु भएको हो ।

युक्रेनको सेनाले अहिले रुसी आक्रमणको गति सुस्त भएको जनाएको छ । रुसी सेनाले केही दिनदेखि नै युक्रेनमा आक्रमण गरिरहँदा मृत्यु हुने आम नागरिकको संख्या १४ बालवालिबासहित ३५२ पुगेको छ ।

युक्रेनमा रुसी आक्रमणलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट चर्को आलोचना हुँदैआएको छ । विशेषगरी रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आलोचित बनेका छन् । 
 

विशेष