गगनलाई थानकोट कटाउँदा नेपालको अस्मिता फिर्ता आउँछ ?
गत मंसिर २४ गते नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ‘जनताले नेतालाई चोर भन्न थालेको’ वताएका थिए । उनले भनेका थिए–‘पहिले गाउँमा जाँदा कुन नेता आनुभएको छ भन्ने गरिन्थ्यो, अहिले कुन चोर आएछ भन्ने गरेका छन्।’
यस्तो अवस्था आउनुमा सबै नेता दोषी रहेको भन्दै उनले नेताहरूले ठीक ढंगले काम नगर्दा सबैतिर लथालिङ्ग भएको बताएका थिए। तर, त्यति वेला अधिकांश नेताले उनको आलोचना गरे। यद्यपी नेपालको राजनीति जनउत्तरदायी नभएको कसैबाट लुकेको छैन। यो कुरा नेताहरुले नवुझेका पनि होईनन। राजनीतिमा छलछाम, धोका, अविश्वास, भ्रष्टाचार र अनैतिकता वढेको गुनासो ब्यापक छ। त्यसैले नेपाली नागरिक राजनीतिक दलका नेताप्रति उत्ति साह्रो विश्वास गरिहाल्दैनन् ।
जतिलाई विश्वास गर्छन, तिनीहरु थोरै छन् । तिनै मध्येका एक हुन–नेपाली कांग्रेसका महामन्त्री गगन थापा। नेपाली युवाहरुको भरोशाको केन्द्र हुन, थापा। उनलाई किन पनि भरोसा गरिन्छ भने, उनी जनभावना अनुसार वोल्न सिपालु छन्। जनताको समस्यालाई जस्ताको तस्तै उठाउन माहिर छन्। हुन त उनी पनि अरु भन्दा फरक छैनन्, तर जनताका समस्या वोलिदिएकै कारण उनी भरोशाको पात्रका रुपमा चिनिन्छन्।
तर, एमसीसी प्रकरणमा भने उनको पनि मुखुण्डो उत्रिएको छ। कांग्रसको महामन्त्री हुनुअघिसम्म उनी खुलेरै एमसीसीको विरोधमा थिए। एमसीसी यथास्थितिमा पास हुनै नसक्ने र हुन नदिने पक्षमा थिए थापा। एमसीसीको विषयमा गलत प्रचार गरिएका कारण त्यसको पक्षमा वोल्दा जनविरोधी भईने डर थियो, उनलाई। तर, एमसीसी संसदबाट अनुमोदन गर्ने समयसम्म आउँदै गर्दा उनी एमसीसीको धुरम्धर पक्षपाती भए। एमसीसीका सम्पुर्ण नराम्रा पक्षको जिम्मा लिने तहमा पुगे थापा। उनले एमसीसी गलत नभएको र त्यो गलत भए आफुलाई चारपाटा मोडेर थानकोट कटाए हुन्छ समेत भन्न भ्याए।
देशको अस्मितासँग ब्यक्तिको तुलना हुन्छ ?
आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै थापाले एमसीसीका कारण नेपालको स्वाधीनता तलमाथि भए आफुलाई चारपाटा मोडेर थानकोट कटाउन, नागरिकता खोस्न र सम्पत्ति खोस्न चुनौती दिए ।
नेकपा एमालेका नेता भीम रावलले एमासीसी राष्ट्रघाति भएको दावी गर्दै आधि घण्टा समय दिए त्यसलाई पुष्टि गरेर देखाउने वताएपछि थापाले यस्तो चुनौती दिएका हुन । रावलले एमसीसीका विषयमा भ्रम छरेको भन्दै थापाले पाँच वर्षपछि एमसीसी सम्झौता सकिँदा अमेरिकी सेना नआएमा आफूले जस्तै चुनौती स्वीकार्न तयार हो ? भन्दै प्रश्न गरे।
‘यसलाई राष्ट्घाती भनिएको छ । यो सम्झौताका कारण स्वाधीनता तलमाथि हुन्छ भनिएको छ । कहिँ कतै तलमाथि भयो भने नेपालले जे व्यहोर्छ म हस्ताक्षर गर्ने सांसद भएर सरी भनेर मात्र पाउँदिन’ उनले भने–‘त्यस्तो भयो भने म काठमाडौंको सांसद हुँ । थानकोट कटाइयोस्, नागरिकता खोसियोस्, चारपाटा मोडियोस् । सम्पत्ति विवरण बुझाएको छु सम्पत्ति खोसियोस् ।’
उनले अरु सांसदहरु प्रति चुनौती खडा गर्दै भने–‘माननीयज्यूहरु तयार हो ? यदि आज जनतालाई भनेको कुरा सेना आउँछ, स्वाधीनता लुटिन्छ, सम्पत्ति अरुले लिएर जान्छ अमेरिकी कानुन लागू हुन्छ भनेको कुरा पाँच वर्षमा सम्झौता सकिँदै गर्दा भएन भने त्यो कुरा गर्न तयार हो । तयार हो भने यो पनि चुनौती हो ।’
उनी यत्तिमा मात्रै रोकिएनन्। राष्ट्रवाद र देशभक्तिको फरक भनेको नक्कली राष्ट्रवादी आफ्नो नारामा मान्छेलाई मर्नका लागि उचाल्छ, मार्न तयार हुन्छ’ उनले भने–‘म देशभक्त हुँ मर्न तयार हुन्छु । नक्कली राष्ट्रवादी र देशभक्तको फरक नेपाली जनताले थाहा पाउँछन्, थाहा पाउनुपर्छ संसदबाट पनि थाहा पाउनुपर्छ । सडकबाट पनि थाहा पाउनुपर्छ ।’
गगनको यो भनाईप्रति धेरै सांसदले ताली ठोके। जनस्तरमा पनि गगन थापाको भनाईको समर्थन वढ्यो। थापाको यही भाषणका कारण उनलाई भरोसायुक्त नेताका रुपमा ब्याख्या गर्ने क्रम जारी छ। तर, कतिपय विश्लेषकहरुले भने गगन थापाको त्यो भाषण औचित्यहिन भएको वताउँछन्। ‘एमसीसीका कारण साँच्चै नेपालको अस्मिता खतरामा पर्ने अवस्था आयो भने गगन थापालाई चारपाटा मोडेर थानकोट कटाउँदैमा नेपालको अस्मिता फिर्ता हुन्छ?’ एक राजनीतिक विश्लेषक भन्छन्–‘गगन थापाले जिम्मा लिदैमा अमेरिकी सेना फिर्ता हुन्छ ?’
एमसीसी प्रकरणमा कसरी ‘युटर्न’ भए गगन
नेपाली कांग्रेसको महामन्त्री निर्वाचित हुनु अघि थापाले एमसीसीको वारेमा खुलेर कुरा गरेनन्। जति ठाउँमा वोले एमसीसीको विरोधमा वोले। एमसीसी राष्ट्रघाती सम्झौता भन्दै उनले यथास्थितीमा अनुमोदन नहुने र हुन नदिने वताउँदै आएका थिए ।
तर, कांग्रेसको चौधौं महाधिवेशनबाट महामन्त्री वनेपछि उनको पदिय हैसियत मात्रै वदलिएन, एमसीसीलाई हेर्ने दृष्टिकोण समेत वदलियो। एमसीसी विरोधीका रुपमा चिनिएका थापा एकाएक एमसीसीको समर्थक भए।
यसलाई वुझ्न उनको पृष्ठभुमी पनि हेर्नु जरुरी छ। खासमा नेता थापा अमेरिकाका प्रिय र सन्देशबाहक हुन।
केहि समय अघि नेपाल स्थित अमेरिकी दुताबासले ‘हेर्नुस त! को स्कुलमा पढ्दैछ’ भन्दै गगन थापाको एउटा फोटो ट्विट गरेको थियो। उक्त फोटोमा थापा हार्डवर्ड विश्वविद्यालय अन्तर्गतको केनेडी स्कुलमा ‘ग्लोवल लिडरशिप एण्ड पब्लिक पोलिसी फर ट्वाण्टि फस्ट सेन्चुरी’ को १५ दिने तालिम लिँदै देखिन्थे। थापाको उक्त कोर्षको सम्पुर्ण खर्च अमेरिकी दुताबासले गरेको थियो।
शक्तीशाली राष्ट्रले अन्य देशमा आफ्नो प्रभाव बढाउन राजनितिक नेताहरु अनेक तारिकाबाट परिचालित गर्छन भन्ने नेपाली जनमानसलाई थाहा भएकै कुरा हो। थापा तिनै मध्येका एक हुन । उनी अमेरिकाका खास मान्छे हुन भन्ने पटक–पटक पुष्टि हुँदै आएको विषय हो।
गगन थापाको अमेरिकी दुताबाससँगको नाता पुरानो छ। अमेरिकी दुताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन –याण्डी बेरीले २००८ मा तयार पारेको ‘नेपालः काउण्ट डाउन कन्टिन्यूः ३८ डेज टिल सिए इलेक्सनस’ शिर्षकको रिर्पोटमा गगन थापालाई नेपाली कांग्रेस भित्रका गतिविधीको सुचना लिने कार्यमा अमेरिकी दुताबासले प्रयोग गरेको प्रष्ट देखिन्छ। दुताबासको उक्त रिपोर्टमा गगन थापालाई ‘कि एम्वेसी कन्ट्याक्ट’ अर्थात ‘दुताबासका मुख्य सम्पर्क सुत्र’ को रुपमा सम्बोधन गरिएको छ।
गगन थापा एमसीसी