News

संसद भवन अगाडि ‘इँट्टाको टुक्रा र कागज’ को त्रास

संसद भवन अगाडि ‘इँट्टाको टुक्रा र कागज’ को त्रास

काठमाण्डौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु बम नभएको पाईएको छ। 

कुकरलाई तारले बेरेर ‘नो एमसीसी’ लेखिएको उक्त वस्तु वम भएको आशंका गरिएको थियो। मुल सडकमा राखिएको उक्त वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।

कुकुरभित्र इँट्टाको टुक्रा र कागज फेला परेको नेपाली सेनाका क्याप्टेन सन्दीप थापाले बताए । उनले प्रेसकुकर तर्साउनका लागि भएको र कुकरभित्र कुनै पनि बिस्फोटक पदार्थ नभएको स्पष्ट पारे ।

‘यो भित्र इँट्टाका टुक्रा, कागज र प्लाष्टिक थिए । यो मात्र डराउन र तर्साउनका लागि राखिएको थियो । अरु केही पनि थिएन । डराउने नियतका साथ राखिएको हो ।’ उनले भने ।

हिजो संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) बहुमतले अनुमोदन गरेपछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित अन्य ६ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेका छन्।

सीसीटिभी फुटेजका आधारमा संलग्नहरुको खोजी भइरहेको जनाएको छ । 

वम

विशेष