News

‘खाँडादेवी जेसीज’को सकृयता, नेपाल जेसिजद्वारा अवार्ड प्राप्त

‘खाँडादेवी जेसीज’को सकृयता, नेपाल जेसिजद्वारा अवार्ड प्राप्त

रामेछापको खाँडादेवी गाउँपालिका स्थित ‘खाँडादेवी जेसीज’ले नेपाल जेसीजबाट जनवरी महिनाको पहिलो अवार्ड प्राप्त गरेको छ।

‘एरिया सी’ का शाखाहरुको कार्यसम्पादनको मुल्याङ्कनका आधारमा खाँडादेवीले यो अवार्ड प्राप्त गरेको हो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर लालमणी भण्डारीले खाँडाँदेवीले गरेको काम र आएको रिपोर्टका आधारमा अवार्ड प्राप्त गरेको वताए ।

शाखाकी अध्यक्ष सम्झना श्रेष्ठले छोटो समयमा गरेको कार्यलाई उच्च मुल्याङ्कन गरेर अवार्ड प्रदान गरेकोमा नेपाल जेसीज प्रति आभार व्यक्त गरिन्। आगामी दिनमा अझ सकृय रुपमा सामाजिक काम गरिने उनको भनाई छ। 

गत पुष २४ गते सम्पन्न शाखाको पहिलो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी हुन्। खाँडादेवी जेसिज सन २०२० मा स्थापना भएर यसै वर्ष मात्र पूर्ण स्वीकृत पाएको हो। 
 

खाँडादेवी

विशेष