News राजनीति

बावुरामले ९ वर्ष लगाएर दिल्लीबाट पीएमडी गरेको खुलासा, नक्कलीको आशंका

बावुरामले ९ वर्ष लगाएर दिल्लीबाट पीएमडी गरेको खुलासा, नक्कलीको आशंका

एमसीसीको विषयले राजनीतिक बृत्तमा तरंग उत्पन्न भईरहेका बेला राजनीतिका चर्चित दुई जना डाक्टर एकआपसमा भिडेका छन् । उनीहरुको घम्साघम्सी एमसीसीमा मात्र रोकिएन, उनीहरुको प्राज्ञिक दक्षता र योग्यता माथि नै प्रश्न उठेको छ। 

नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री डा. भीम रावलले सुरु गरेको एमसीसीको टिप्पणीमाथि जवाफ दिने क्रममा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई पनि जोडिए। त्यसपछि उनीहकरुका बीचमा सामाजिक सञ्जालमा जुहारी नै चलेको छ। 

एमाले नेता रावलले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई एउटा स्मृतिपत्र लेख्दै संविधानसभाबाट संविधान निर्माणको काम भइरहेका बेला डा. बाबुराम भट्टराई गुपचुपमा एमसीसी भित्र्याईएको दाबी गरेका थिए ।

‘जुन दिन मैले थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु। हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो। अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ। वास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछिमात्रै मैले थाहा पाएको हुँ,’ उनले भनेका थिए।

त्यसको जवाफ दिदै भट्टराईले सामाजिक सञ्जालमा लेखेका थिए–‘यी कण भीम रावलले पीएचडी गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन् ! विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत÷मिति÷स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

भट्टराईको आशंका मिश्रित प्रश्नको जवाफ रावलले पनि सामाजिक सञ्जालमै दिएका छन् । उनले लेखेका छन्–‘‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु। त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्न सकिन्थ्यो, तर जानकारीसम्म गराइएन। पीएचडी नक्कली सीमापारी हुने गरेको सधैं चर्चा हुन्छ, त्रिविविबाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

उनले एउटा टेलिभिजन कार्यक्रममा वोल्दै बावुराम भट्टराई जत्तिको नेताको तहबाट यस्ता कुरा आउनु आश्चर्य जनक भएको वताएका छन् । ‘नक्कली र सक्कलीको वहस गर्ने हो भने आजसम्म प्राज्ञिक क्षेत्रमा सिमापारी यस्ता नक्कलीका कुरा हामी वारम्वार सुन्छौं’ उनले भनेका छन्–‘त्रिभुवन विश्व विद्यालयमा त आजसम्म त्यहाँ विद्यावारिधी गर्ने कसैको नक्कलीको प्रसंगै आएको छैन। त्यसकारण यस्तो कुरालाई हास्यसपद भन्नु भन्दा म अरु कुनै भन्न त्यति रुची राख्दिन।’ 

तपाईको वौद्धिक्तताको तह, तपाईको सोचाईको तह, विषयलाई विश्लेषण गर्ने तह र तथ्यभन्दा वाहिर गएर तपाईले विषय राखेका कारण यिनले ल्याएको पिएचडी नक्कली नै हुनुपर्छ भनेर डाक्टर वावुराम भट्टराईले भनेपछि तपाईले अव म कमेन्ट गर्दिन भन्न पाउनु हुन्छ ? भन्ने प्रस्तोताको सवालमा उनले बावुराम भट्टराईले गोप्य रुपमा एमसीसीलाई पत्राचार गरेको प्रमाणहरु रहेको दावी गरे।

‘यदि कुनै ब्यक्ति साँच्चिकै त्यस्ता अनुसन्धान कर्ता हुन, अध्यता हुन भने मैले जुन कुरा तथ्यगत रुपमा एमसीसी सम्झौता, त्यसको कार्यान्वयन सम्झौता, त्यससँग सम्वद्ध अरु सम्झौताको वारेमा मैले त्यसका दफाहरु राखेको छु, त्यसको वारेमा वोल्नु पथ्र्यो । मैले वावुराम भट्टराई जीको सन्दर्भमा वहाँ जुन वेला प्रधानमन्त्री हुनुहुन्थ्यो, ०६८ सालमा। त्यो वेला, गुपचुप, अमेरिकी एमसीसीसँग पत्रचार गरेर एउटा कथित विज्ञहरुको टोली वनाएर त्यसलाई अघि वढाईको तथ्य राखेको हो’ उनले भने–‘मैले, वहाँले नै यो सम्झौता गर्नु भयो भनेर कहीँ पनि भनेको छैन। त्यति वेला कार्यदलको प्रतिवेदनमा पनि मैले त्यही भनेको हो। अव त्यो जतिवेला वहाँले काम गर्नु भयो, त्यो वेलाको संरचनाभित्र दलिय सहमति विना त्यस्तो काम गर्नै पाईदैनथियो।’

अन्तरिम संविधानमै त्यही त्यो कुरा उल्लेख गरिएकाले आफुले त्यस्तो प्रसंग उठाएको उनको भनाई छ। ‘सरकार त्यसरी वनेको थियो, कार्यदलमा त म विशेष समितिकै सदस्य हो नी । म प्रत्येक वैठकमा उपस्थित हुन्थेनी’ उनले भट्टराईलाई आरोपित गर्दै भने–‘वहाँ त्यहाँ कही पनि जानकारी नगराएका हुनाले त्यो गुपचुप गराईयो भन्ने शब्द मैले प्रयोग गरेको छु।’

‘त्यतिवेला अरु दललाई कुनै जानकारी नगराई। मैले गरेको कुरा त तथ्य हो नी। मैले त्यतिवेला गरेको होईन, टोली गठन गरेको होईन, मैले पत्र लेखेको होईन भन्न सक्नु पथ्र्यो, विद्यावारिधी गर्नेले’ उनले थपे–‘अनि अर्काको विद्यावारिधी सक्कली हो की नक्कली भनेपछि त्यसको ओठे जवाफ के हुन्छ भने, सिमापारी यस्ता नक्कली धेरै कुरा सुनिन्छन्। हाम्रो त्रिभुवन विश्व विद्यालयमा त आजसम्म यस्तो सुनिएकै छैन।’

‘वहाँले पीएचडी चै भारतबाटै गर्नु भा ?’ भन्ने प्रश्नमा उनले मलाई थाहा छैन भन्दै थपे–‘सीमापारीबाट यस्ता कुरा सुनिन्छ। वहाँले दिल्लीमा गर्नुभको ९ वर्ष लगाएर भन्ने मैले कता पढेजस्तो लाग्छ।’

भीम रावल बावुराम भट्टराई एमसीसी पीएमडी

विशेष