News

देश छोड्ने धम्कीपछि सुजातालाई मन्त्री बनाउन देउवा तयार

देश छोड्ने धम्कीपछि सुजातालाई मन्त्री बनाउन देउवा तयार

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापतिमा पराजित भएकी नेतृ सुजाता कोईराला मन्त्री बन्ने भएकी छिन् । उपसभापतिमा उम्मेद्वार भएर नराम्रो पराजय भोगेपछि मन्त्री वन्ने वा देशै त्याग्ने तयारीमा लागेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई मन्त्री वनाउन लागेका हुन ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार कोइरालासहित दुई जनालाई मन्त्री बनाउने अन्तिम तयारी भईरहेको छ। दुई मन्त्री नियुक्त गर्न देउवाले बिहीबारको नियमित मन्त्रिपरिषद् बैठक समेत नराखेको बुझिएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति तोक्ने देउवाको तयारी छ । त्यसअघि उद्योग र रक्षा मन्त्री बनाउने गरी उनी अगाडि बढेको काँग्रेस स्रोतले जानकारी  दिएको छ। 

कोइरालालाई रक्षा मन्त्रालय दिने मोटामोटी तयारी छ। अर्को मन्त्री कसलाई बनाउने भन्ने टुङ्गो लागि सकेको छैन । निर्वाचनको मिति तोकिसकेपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भएकाले प्रधानमन्त्री देउवा मन्त्री बनाउने काममा सकृय भएका हुन ।

नेतृ कोईरालाले यस अघि नै मन्त्री बन्न नपाए देश छोड्न सुचना दिएकी थिईन। उनले प्रकाशमान सिंह प्यानलबाट उपसभापतिमा उम्मेद्वारी दिएकी थिईन। उनी रक्षा अथवा उद्योग वाणिज्य मन्त्री हुन नपाए मुुलुक नै छाडेर लण्डन जाने तयारीमा थिईन । बाँकी जीवन आफ्ना पिता स्व.गिरिजाप्रसाद कोइराला र आफूले कमाएको सम्पत्ति मार्फत बंगलादेशबाट बसाईं सरेर लण्डन पुगेकी आफ्नी छोरीसँग जीवन बिताउने उनको योजना थियो।

देउवाले मन्त्री दिने संकेत गरेपछि उनको नजर मिनेन्द्र रिजालले राजीनामा गरेको रक्षा मन्त्रालय वा चर्काे विवादमा परेर गजेन्द्र हमालले राजीनामा दिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ। अहिले दुवै मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हालिराखेका छन् । 

यो पनि

मन्त्री बन्न नपाए देश छोडेर लण्डन भासिने सुजाताको तयारी

सुजाता

विशेष