News अपराध सुरक्षा

अदृष्य लगानीको पोल खुलेपछी सम्पादकसहितको जम्बो टिमले नेपाल वाच छोड्यो

अदृष्य लगानीको पोल खुलेपछी सम्पादकसहितको जम्बो टिमले नेपाल वाच छोड्यो

ललितपुरको जावलखेल स्थित युएन पार्कमा कार्यालय राखी नेपाल वाच मल्टिमिडिया प्रालिले सञ्चालन गरेको नेपाल वाच डटकमको जम्वो टिमले सञ्चालकसँग असन्तुष्टि जनाउँदै काम छोडेको छ। 

अनलाईनमा लगानीको विषयमा असन्तुष्टि जनाउँदै सम्पादक कला अनुरागीसहितको टिमले काम छोडेको हो । श्रोतका अनुसार अनलाईनमा अदृष्य लगानी रहेको सुचना चुहिएपछि सम्पादक सहितको टिम असन्तुष्ट थियो।

सोही विषय सतहमा आएपछि टिमैले काम छोड्ने निर्णय लिएको श्रोतको दावी छ। अनलाईबाट काम छोड्नेमा सम्पादक अनुरागी,  फिचर चिफ सकुन्तला जोशी, सिनियर सव इडिटर अर्जुन श्रेष्ठलगायत छन् । टिमले छोडेपछी पुष्प ढुंगाना कार्यालयमा फ्रीमा उपहार आएको खुकुरी रम खाँदै आफू निकटकाहरुसँग तनाब साटीरहेको जनाईएको छ।

‘नेपाल वाच डट कम’ मा अदृष्य लगानी रहेको विषयमा गत असारमै पनि केही सञ्चार माद्यमले समाचार प्रकाशन गरेका थिए । सञ्चालकको परिचय र ठेगाना समेत लुकाएर सञ्चालनमा रहेको यो अनलाईनको कार्यालयमा वोर्ड नराखिएको र सोध्दा समेत कार्यालय ठेगाना वताउन मिल्दैन भन्ने जवाफ दिने गरेको भन्दै माई सन्चार नामको अनलाईनले समाचार प्रकाशन गरेको थियो।

तत्कालिन समयमा अनलाईनका सञ्चालक एकजना ब्यवसायी थिए। उनलाई अनलाईनसँग खासै मतलव थिएन। त्यसको फाईदा उठाउँदै तत्कालिन समाचार सम्पादक माधव वस्नेत, कार्यकारी सम्पादक पुस्प ढुङ्गाना, कर्पोरेट रिलेशनसिप म्यानेजर अमृत ढकाललगायतले फाईदा उठाएको उक्त समाचारमा उल्लेख थियो। समाचारमा वस्नेतलाई माओवादीका पूर्व गुरिल्लाको रुपमा चिनाईएको थियो। वस्नेत, ढुङ्गाना र ढकाल पाकिस्तानी दुतावासको नजिक रहेको दावी गरिएको थियो।

अनलाईनको टिमैले काम छोडेको विषय सम्पादक अनुरागीले भने अस्विकार गरे। आफु एक महिनाका लागि विदामा वसेको र अफिसियल्ली रुपमा काम छोड्ने निर्णय नभएको उनले वताए । टिमका अन्य सदस्यले पनि काम नछोडेको उनको भनाई छ। अध्यक्ष ढुङ्गानाले भने यो विषयमा कुरा गर्न चाहेनन्।

र यो पनि, 

नेपाल वाच पुष्प ढुङ्गाना

विशेष