News

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

नेपालको दोस्रो ठुलो ब्यापारीक साझेदार चीन नेपालसँगको व्यापारमा असहयोगी बनेको छ। चीनले लामो समयदेखी सामान आयात–निर्यातमासीमानाका बन्द गरेर असहयोग गरेको हो

चीनले सीमानाका बन्द गर्नुलाई उद्योगी, व्यापारी, स्थानीयवासी तथा जनप्रतिनिधिहरुले ले ‘हेपाहा प्रवृत्ति’ को संज्ञा दिएका छन्। छिमेकी राष्ट्र भएको नाताले चीनले नेपालसँगको व्यापारमा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्नुपर्नेमा उल्टै दुई प्रमुख व्यापारिक सीमानाका बन्द गरेको छ।

उसले रसुवागढी र तातोपानी नाका बन्द गर्दा नेपाली व्यापारीहरु अर्बौ रुपैयाँ नोक्सानी ब्यहोर्न वाध्य भएका छन् । भन्सार नाकामा काम गर्ने हजारौं मजदुर विस्थापित भएका छन् भने ढुवानी ब्यवासय गर्दै आएका स्थानीय साना ब्यवासयी ऋणमा चर्लुम्म डुवेका छन् । स्थानिय ब्यवासय वन्द भएका छन भने दुई देश विच रहेको रोटी–बेटीको सम्वन्ध समेत विग्रिएको तातोपानी नाका रहेको भोटेकोशी गाउँपालिका ४ का वडाध्यक्ष साङ दोर्जे सेर्पा बताउँछन् ।

चीनले नेपाल सरकारको आँखामा धुलो छरेको छ
वडाअध्यक्ष सेर्पाले चीनसँगको नाका बन्द भनेर घोषणा नगरेपनि चालु अवस्थामा नरहेको वताए । ‘नाका चल्यो भन्ने चै छ, चलेकै चै छैन। चाईना सरकारले नेपाल सरकारलाई आँखामा धुलो हाले जस्तो गरेर दिनमा ५/७ वटा गाडी छोड्ने काम गरेको छ’ उनले भने–‘नाका चल्यो भन्या छ, यहाको स्थानीयलाई केही सुविधा छैन। हामीले यहाँका जनतासँग वुझ्दाखेरी पीडा ब्यक्त गर्छन।’

भारतीय नाकामा नेपालीहरुले ठुलो सहयोग पाउने गरेको बताएका उनले त्यसको तुलनामा चीनको नाकामा नेपालीलाई सत्रुको ब्यवहार गरिएको आरोप लगाए । ‘इण्डियाको नाकामा भाईचाराको सम्वन्ध छ। दुःख पर्दा उतातिर जाने, जे पर्दाखेरी पनि इण्डियाको सहयोग पाईने। इण्डियाको नाकामा एकदमै राम्रो सम्वन्ध छ’ उनले थपे–‘चाईनाले जुन तरिकाको ब्यवहार गरेको छ, यो राम्रो होईन। हिजोका दिनमा जस्तो अवस्थामा नाका चलेको थियो, त्यो अवस्था अहिले छैन। चाईनाले ठुलो गल्ती गरिरहेको छ। नेपाललाई ठुलो घात गरेको छ।’

चीनले हामीलाई हेपेकै हो
वडाअध्यक्ष सेर्पाले चीनले नेपालीहरुलाई हेपेको वताए । ‘जनप्रतिनिधि भएको नाताले मैले भन्नै पर्छ। जनताको लागि वोल्नु पर्छ मैले। चीनले हामीलाई हेपेकै हो। कसरी हेपेको छ भने, भुकम्प जानुभन्दा अगाडि चाईनाको खासा भन्ने ठाउँमा वस्ति थियो, त्यहाँ पनि सेर्पाहरु वस्थे। त्यो वस्तिमा हाम्रा चेलिवेटीहरुको विवाह हुन्थ्यो। यताका चेलिबेटीको उता विहेवारी गर्ने उताका चेलिवेटी यता विहेवारी गर्ने चलन थियो। भोटेकोशी गाउँपालिकाका करिव डेढ सय चेलिवेटीको खासामा विहेवारी भएको थियो। त्यो सम्वन्ध चीनले तोडदियो।’ उनी भन्छन्–‘अहिले उनीहरुलाई त्यहाँबाट उठाएर अन्यत्र लगेर राखेको छ। यहाँ उनीहरुका आफन्त (वावुआमा) वित्दा खेरी पनि उनीहरु आउन पाउँदैनन्। माथितिर आफना छोरीज्वाई, नातागोताहरु विरामी हुँदा/वित्दा पनि उता जान पाउदैनन। चीनले अहिले यस्तो ब्यवहार गरिरहेको छ। यो चाइनिजले हेपेको हो, यो गलत गरेको हो।’

भुकम्प अघिसम्म वोर्डर आसपासमा वसेका नेपालीहरुका लागि सहज अवस्था रहेपनि अहिले त्यो अवस्था नरहेको उनले जानकारी दिए । ‘हिजोका दिनमा हाम्रो सम्वन्ध राम्रो थियो। हामी चाईनाको वोर्डरमा वसेको मान्छे भएकाले हाम्रो विहेवारी चल्ने। यताको चेलिवेटी उता लाने, उताको चेलिवेटी यता ल्याउने चलन थियो। राम्रो सम्वन्ध थियो। हामीले केही कुरा उता लगेर दिन्थ्यौ, उताको समान ल्याउँथ्यौं।’ उनले थपे–‘अहिले चाईनाको वोर्डरमा वसेका छौ भन्ने मात्रै छ। चाईनाको सामान किन्नु पर्यो भने हामी काठमाण्डौं जानुपर्छ। केही खानु पर्यो भने काठमाण्डौ नै पुग्नु पर्छ। चाईनाको नाका खुल्ला भन्ने मात्रै छ। त्यो नाका स्थानीयका लागि खुलेको छैन। यो विषयमा नेपाल सरकारको पनि ध्यान जाओस। चाईनाले यहाँ नाका खोल्यो भन्दिएको छ, आँखामा छारो हालेको सरकारले वुझेको छैन। दिनमा यहाँ ५÷७ वटा गाडी आएर चाईनाले नाका खोल्यो भनेर ढुक्क भएर वस्ने अवस्था छैन।’
 

साङ दोर्जे सेर्पा

विशेष