News

कांग्रेसलाई एमालेको अफरः सभामुख हटाउँने प्रस्ताव ल्याउ, हामी सघाउँछौं

कांग्रेसलाई एमालेको अफरः सभामुख हटाउँने प्रस्ताव ल्याउ, हामी सघाउँछौं

सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीको विषयलाई सक्रियता देखाउने मात्र होईन सार्वजनिक रुपमा तीन वटा सर्त अघि सारेका छन् । उनको एमसीसीबारेको चिन्ता र सक्रियतालाई लिएर सत्तारुढ गठबन्धनका नेताहरु पनि सशंकित छन् । नेपाली कांग्रेसका नेताहरुले त खुलेरै सभामुखको सक्रियताको विरोध गरेका छन् ।

सत्तारुढ गठबन्धन र सरकारले चाहेको बिजनेसलाई संसदमा टेबल गर्ने र पास वा फेल जे भए पनि आफू तटस्थ रहेर भूमिका खेल्ने नै सभामुखको संवैधानिक क्षेत्राधिकार भएको कांग्रेस नेता रमेश लेखक बताउँछन् ।

कांग्रेसका अर्का नेता एनपी साउद ‘कुनै हालतमा एमसीसी पास गर्न दिन्न’ भनेर सभामुखले अडान लिनु प्राप्त जिम्मेवार अनुसारको कार्यादेश नभएको बताउँछन् । संसदमा आएका कुनै पनि विषयमा सभामुखले व्यक्तिगत रूपमा र इगोको रूपमा लिन नहुने उनले उल्लेख गरे।

एमसीसीलाई लिएर सभामुखको यो सकृयातालाई लिएर कांग्रेस रुष्ट छ। सभामुखसँग नेकपा एमाले पनि रुष्ट छ। माधबकुमार नेपाललगायतका १४ जना सांसदलाई गरिएको कारवाहीमा सापकोटाले वेवास्ता गरेको र एमाले फुटेको आरोप अध्यक्ष केपी शर्मा ओलीले लगाउँदै आएका छन् ।

त्यो वेलाको वद्ला एमालेले यसै वेला लिने मनसाय वनाएको छ। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली कांग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए सहयोग गर्ने अफर दिएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सचिव रायमाझीले सभामुख विधिसम्मत र देशको कानुनसम्मत नचलेको भन्दै यस बारेमा पार्टीमा थप छलफल गरेर अघि बढ्ने पनि बताए। एमसीसीको बारेमा सत्ता गठबन्धनले आफ्नो निर्णय लिएपछि मात्रै एमालेले आफ्नो धारणा प्रस्ट पार्ने पनि बताए। उनले सत्ता महागठबन्धन लोभी पापीको झुन्ड भएको र संसद्को काम कारबाहीलाई सुचारु रूपमा चलाउनका लागि सभामुखलाई हटाउँदा राम्रो हुने बताए।
 

अग्निप्रसाद सापकोटा टोपबहादुर रायमाझी

विशेष