News

नेपाल वाचका संचालकको दाबी– टिमले छोडेको होइन, काम नगरेपछि निकालेको हो

नेपाल वाचका संचालकको दाबी– टिमले छोडेको होइन, काम नगरेपछि निकालेको हो

ललितपुरको जावलखेल स्थित युएन पार्कमा कार्यालय राखी नेपाल वाच मल्टिमिडिया प्रालिले सञ्चालन गरेको नेपाल वाच डटकमको जम्वो टिमले काम छोडेको विषयमा अध्यक्ष पुष्प ढुंगानाले मुख खोलेका छन् ।

अध्यक्ष ढुङ्गानाले अनलाईनको टिमले छोडेको नभई उनीहरुले काम नगरेका कारण निकालेको दाबी गरेका छन् । अनलाईनको कार्यालयमा उनी माथि दुर्ब्यवहार समेत भएको चर्चा छ। उनले यो विषयलाई भने अनावश्यक हल्ला वताएका छने। उनले त्यो विषय पुष्टी गर्न चुनौती पनि दिए ।

आफुमाथि दुर्ब्यवहार भएको सुचना पुष्टी हुन नसक्ने बताउँदै यस विषयमा समाचार बाहिर आए राम्रो नहुने भन्दै धम्की समेत दिए ।

नेपाल वाच डटकमको जम्वो टिमले विहिवार सञ्चालकसँग असन्तुष्टि जनाउँदै काम छोडेको थियो। अनलाईबाट काम छोड्नेमा सम्पादक कला अनुरागी,  फिचर चिफ सकुन्तला जोशी, सिनियर सव इडिटर अर्जुन श्रेष्ठलगायत छन् ।

ढुंगानाको दाबीले सम्पादक अनुरागीले झुठ वोलेको प्रमाािणत भएको छ। उनले विहिवार नेपाल आजसँग आफुले काम नछोडेको वताएका थिए । आफु एक महिनाका लागि विदामा वसेको बताएका उनले काम छोड्ने निर्णय नभएको वताए।

ढुंगानाले स्वयं आफुले टिमलाई निकालेको बताएसँगै अनुरागीसहितको टिम नेपाल वाचमा नरहेको पुष्टी भएको छ । तर, अनलाईन छोडेको सम्पादकिय टिमको नाम भने यथावत राखिएको छ। ढुङ्गानाले सम्पादक अनुरागीसहित सिङ्गो टिमको छवि वेचेर अहिले पनि ब्यवासयीक फाईदा उठाईरहेको अनलाइन छोडेकाहरुको भनाई छ।

सम्पादक अनुरागी निकै नै नैतिकवान, स्वाभिमानी र व्यवसायिक पत्रकार मानिन्छन् । उनले धेरै विवाद नहोस् भनेर आफुले अनलाइन नछोडेको बताएको हुनुपर्ने उनी निकट पत्रकारहरुको दाबी छ । तर छोड्छु भन्दा बस्नुस् भन्ने र छोडिसकेपछि निकालेको भन्ने ढुंगानाको तरिका भने ठिक नभएको उनीहरु वताउँछन्।

र यो पनि, 

 

नेपाल वाच पुष्प ढुंगाना नेपाल बाच

विशेष