News

एमसीसी प्रकरणमा एमालेको धारणा माग्नु नौटंकी हो– बास्कोटा

एमसीसी प्रकरणमा एमालेको धारणा माग्नु नौटंकी हो– बास्कोटा

अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालका लागि झनै पेचिलो बनेको छ । सत्ता गठबन्धन नै एमसीसीबारे तीन ध्रुवमा बाँडिएको छ । एमसीसी राष्ट्र हित र राष्ट्रहित विपरित रहेको भनेर धारणाहरु सार्वजनिक भईरहेको वेला प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने चुपचाप छ।

यस विषयमा एमालेले आफनो आधिकारिक धारणा सार्वजनिक नगरेपछि आम चासो भनेको यसमा एमालेको धारणा के हो भन्ने नै छ। तर, एमाले अझै पनि यो विषयमा वोल्न चाहिरहेको छैन। एमाले अध्यक्ष ओलीले नै सम्झौता गर्ने देखि ‘हामी संसदबाट पास गराउँछौं’ भनेर पत्राचार गर्ने शक्ति सरकारमा रहेको र उसँग वहुमत रहेकाले एमालेको धारणाले खासै अर्थ नराख्न वताउँदै आएका छन् ।

त्यसमाथि सरकारले अहिलेसम्म प्रतिपक्षसँग यस विषयमा छलफल पनि नगरेको र सोधखोज पनि नगरेकाले एमालेले चासो राख्नु भनेको ‘ताप्के भन्दा विँड अगाडि तात्नु’ जस्तै हुने उनको भनाई छ।  यस विषयमा एमालेका नेता तथा पुर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले पनि सरकार र सत्ता गठवन्धन प्रति नै प्रश्न उठाउँदै एमालेको धारणा खोज्नु नौटंकी भएको वताएका छन् ।

‘अति उत्तम भनी सही गर्ने र खै के हो भनी अध्ययन कार्यदलको सदस्य बस्ने ज्ञानेन्द्र कार्की। संसदबाट छिट्टै पास गर्ने र उठेका भ्रम चिर्न सरकारी स्रोतसाधन खर्च गर्ने बाचा गर्दै अमेरिकालाई आफै चिठ्ठी लेख्ने र शंसोधनविना पास हुन्न भन्ने प्रचण्ड’ उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘धारणा चै एमालेको चाहिने? यो त –नौटंकी नै हो।’

एमसीसीका विषयमा देउवाको मनसाय वाहिरियो, गठवन्धन संकटमा

के देउवा एमसीसी सम्झौता संशोधन गर्न तयार भएका हुन ?

एमसीसी संसदमा पेश गर्न सभामुखका यस्ता छन् तीन सर्त

प्रधानमन्त्रीसँग प्रचण्डको भेटः एमसीसीका कारण चिसिएको सम्वध सुधारको प्रयास

एमसीसी

विशेष