News

खटेर, खपेर काम गर्ने स्वाभिमानी अनुरागीलाई मालिकले लगाए घटिया आरोप !

खटेर, खपेर काम गर्ने स्वाभिमानी अनुरागीलाई मालिकले लगाए घटिया आरोप !

पछिल्लो केही दिन यता ‘नेपाल वाच’ नामको अनलाईन मिडियामा खैलावैला छ। सञ्चालकसँग असन्तुष्टि जनाउँदै सम्पादकसहितको जम्बो टोली अनलाईनबाट वाहिरिएको छ। तर, अध्यक्ष पुष्प ढुङ्गानाले भने कामै नगरेपछि सम्पादक कला अनुरागीसहितलाई हटाईएको दावी गरेका छन् ।

कला अनुरागी ब्यवसायीक पत्रकार हुन। यो क्षेत्रमा उनको परिचय भनेको निष्ठावान, कर्मशिल, इमान्दार र नैतिकवान पत्रकार हो। तर, नेपाल वाचका अध्यक्ष ढुङ्गानाले उनलाई कामै नगरेर निकालेको भन्दै उनको इमान्दारिता र नैतिक्तामाथि नै धावा वोलेका छन् ।

सिन्धुपाल्चोकको बलेफी–६, माङखाका अनुरागी लामो समयदेखी पत्रकारितामा आवद्ध छन् । साहित्य लेखनमा पनि रुची भएका उनले अंग्रेजी साहित्य र राजनीतिशास्त्रमा स्नातक एवम् पत्रकारितामा स्नातकोत्तर गरेका छन्।

सिन्धुपाल्चोकको स्थानीय पत्रिकाबाट आफ्नो पत्रकारिता यात्रा सुरु गरेका अनुरागी आफ्नो पौरखले स्थापित भएका पत्रकार हुन । काठमाडौँ आइसकेपछि पनि लालरक्षक, रेडियो नेपाल, तराई टेलिभिजन, समाचार दैनिक, नयाँ पत्रिका दैनिक, शैक्षिक म्यागजिन नुवागी, रातोपाटी, अन्नपूर्ण पोस्टको म्यागजिन अन्नपूर्ण टुडे र कान्तिपुर साप्ताहिकमा विभिन्न सम्पादकीय भूमिकामा रहेर काम गरेको अनुभव छ, उनीसँग।

तर, तिनै अनुरागीलाई अहिले अध्यक्ष ढुङ्गानाले अपमानजनक शब्द प्रयोग गरेका छन् । नयाँ पत्रीकाको सामान्य रिपोर्टर भएर काम गरेका ढुङ्गानाले अनुरागीको छविमाथी धावा बोल्ने काम गरेका छन्। विहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म खटेर काम गर्ने अनुरागीलाई पुष्पले ‘काम नगरेर निकालेको’ भनेर सार्वजनिक रुपमै बोलेर पत्रकारको अपमान गरे । 

तर, अझै पनि उनले  नेपाल वाचको वेबसाईटमा निकालेको भनिएका पत्रकारको नाम राखेर व्यावसायिक लाभ लिन भने छोडेका छैनन्। उनको अनलाईनमा लगानीको विषयलाई लिएर शंका उत्पन्न भएपछि आन्तरिक द्वन्द्व सृजना भएको बुझिएको छ। केहि समय अगाडि माईसञ्चार डट कमले यस बिषयमा समाचार नै प्रकाशित गरेको थियो।

समाचार सार्वजनिक भएपछि नेपाल वाचमा आन्तरिक रुपमा सन्नाटा छाएको थियो भने पुष्प स्वयम् पनि डराएका थिए। त्यसपछि उनले उक्त समाचारमा सत्यता नभएको भन्दै ३ पन्ने खन्डन लेखेका थिए । माईसञ्चार डटकमले उक्त खण्डन समेत छापेको थियो। माईसन्चार डट कम अमेरिकी/भारतिय लवीको मिडियाका रुपमा चिनिन्छ। तर, माईसञ्चार डटकमका सञ्चालकले भने यसलाई अस्विकार गर्ने गरेका छन् ।

ढुङ्गाना मिडिया क्षेत्रका नवोदित साहुजी हुन। नयाँ पत्रीकाको सामान्य रिपोर्टर कसरी साहुजीमा परिणत भए भन्ने विषय नै अहिले शंकास्पद छ। उनीसँगै काम गरेका पत्रकारहरु नै उनको उन्नतीका विषयमा प्रश्न गर्छन।

नयाँ पत्रिकामा काम गर्दासम्म चप्पल पड्काएर हिड्ने ढुङ्गाना रातारात कसरी साहु वने र ‘नेक्सन’ गाडी चढ्ने हैसियत कसरी वनाए भन्ने चर्चा उनकै साथीहरुका बीचमा पनि छ। चियाको पैसा कस्ले तिरिदेला भन्ने हैसियत भएका ढुङ्गानाको प्रगतिमा उनलाई कतै अदृष्य शक्तिले परिचालन त गरेको छैन? भन्दै उनीहरु प्रश्न गर्छन।

नेपाल वाचमा केही समय अघिसम्म ठमेलका एक जना व्यापारी संलग्न थिए । नेपाल वाच मल्टिमिडिया प्रालिको अध्यक्षका रुपमा रहेका उनको नाम अहिले वेबसाईटबाट हटाईएको छ । अनलाईनको कार्यालय समेत उनले लाजिम्पाटस्थित आफ्नै घरमा राखेका थिए। अहिले कार्यालय पनि ललितपुरको जावलखेल स्थित युएन पार्कमा सारिएको छ।

त्यसपछि कम्पनीको अध्यक्ष ढुङ्गाना आफै वनेका छन् । अदृष्य लागानीदेखि सञ्चालककै बीचमा समस्या देखिन थालेपछि तत्कालिन न्युज सम्पादक माधब बस्नेत आफ्नो बाटो लागे । उनले अहिले नेपाल मुहार डटकम नामक अनलाइन सुरु गरेका छन । यता, सामान्य रिपोर्टर साहु बनेपछि पत्रकारहरुलाई हेप्न थालेको र अपमान गर्न  थालेको चर्चा छ।

यसैक्रममा उनले सम्पादक अनुरागीसँग पनि सोही शैलीमा ब्यवहार गरेको वताईन्छ। कला अनुरागीको कार्यशैलीबारे बजारमा नाम चलेका अनलाइनका सम्पादकले पनि खुलेरै प्रशंसा गर्छन् । उनले नै समाचार सम्पादन सिकाएका व्यक्ती अहिले नाम चलेका मिडियाका सम्पादक छन् । जसले ‘अनुरागीले काम नगरेको भन्ने साहुलाई पाप लाग्छ’ भन्दै प्रतिक्रिया दिन थालेका छन् ।

र यो पनि, 

 

नेपाल वाच पुष्प ढुङ्गाना कला अनुरागी

विशेष