News राजनीति

पूर्वडिआइजी खरेलको पार्टीद्वारा प्रदर्शन, यस्ता छन् ३१ वुँदे माग

पूर्वडिआइजी खरेलको पार्टीद्वारा प्रदर्शन, यस्ता छन् ३१ वुँदे माग

पूर्वडिआइजी रेमश खरेलको नेपाल सुशासन पार्टी विभिन्न ३१ वुँदे मागसहित शनिवार काठमाण्डौंमा प्रदर्शन गरेको छ। वढुवामा असन्तुष्टि जनाउँदै डिआइजीबाट राजिनामा दिएका खरेल नयाँ पार्टी गठन गरेपछि पहिलो पटक प्रदर्शनमा निस्किएका हुन।

सार्वजनिक सम्पत्तिको किनबेच, बढ्दो महंगी तथा लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध खरेल नेतृत्वको पार्टीले माइतीघर मण्डलामा प्रदर्शन ग¥यो । विभिन्न प्लेकार्डसहित भेला भएका पार्टीका नेता कार्यकर्ताले करिब आघा घण्टा प्रदर्शन गरे।

प्रदर्शनपछि खरेल त्यहाँ उपस्थित प्रहरीसँग भेटघाटमा ब्यस्त भएका थिए । खरेलले आफ्ना पूर्वसहकर्मीहरुसँग निकै समय भलाकुसारी गरेका थिए । 

२९ वर्ष प्रहरी सेवामा रहेका खरेलले प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएका थिए।  त्यसपछि उनी भ्रष्टाचार र अनियमितताविरूद्ध नेपाल सुशासन अभियानमा लागेका थिए। 

देशले राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचारजस्ता कारणले विकासको गति लिन नसकेको भन्दै उनले सोही अभियानलाई पार्टीको रुप दिएका हुन । गौरवमय इतिहास र आफ्नै फरक पहिचान बोकेको नेपाललाई समृद्ध बनाई सफल र शक्तिशाली बनाउन सम्भावनाहरू भएपनि राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन नसकेको उनको वुझाई छ।

यही विकृती विसंगती हटाउन तथा नेपाललाई सफल र शक्तिशाली देशको रूपमा स्थापित गर्न आफुले नयाँ पार्टी गठन गरेको उनको भनाई छ।
 

रेमश खरेल नेपाल सुशासन पार्टी

विशेष