News

एमसीसीवारे माओवादी नेतालाई नै मनाउन सक्ने हैसियतमा छैनन् प्रचण्ड ?

एमसीसीवारे माओवादी नेतालाई नै मनाउन सक्ने हैसियतमा छैनन् प्रचण्ड ?

प्रधानमन्त्री शेरबहादुर देउवाले करिब तीन महिनाअघि (कात्तिक १८) ग्लास्गो सम्मलेनबाट फर्कने क्रममा एमसीसी सम्झौताका विषयमा नयाँ खुलासा गरे।

जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलनबाट फर्केका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै आफू र सत्तागठबन्धनका अर्का नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त रुपमा एमसीसी मुख्यालयलाई पत्र पठाएर सम्झौता अनुमोदन हुनेमा आश्वास्त पारेको वताएपछि राजनीतिक वृत्तमा तरंग आयो।

एमसीसी सम्झौता अनुमोदनको विषयले राजनीति गर्माईरहेका वेला उनले भनेका थिए–‘एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्छौं भनेर मैले र प्रचण्डजीले संयुक्त पत्र पठाएर उहाँहरुलाई आश्वस्त पारेका छौं।’ असोज दोस्रो साता एमसीसी मुख्यालयलाई पठाइएको भनिएको त्यो पत्रको ब्यहोरा के थियो भन्ने वारेमा भने उनले कतै खुलाएनन्।

तर, समायसँगै उक्त पत्रमा उल्लेख भएका कुराहरु वाहिर आएका छन् । एमसीसी सम्झौता अनुमोदनका लागि आफूहरु तयार रहेको भन्दै केही समय (चारदेखि पाँच महिना) मागेर पत्र पठाएका उनै प्रचण्ड अहिले यसको विपक्षमा उभिएका छन्। आश्चर्यको कुरा के छ भने, एमसीसी मुख्यालयलाई पठाएको पत्रमा प्रचण्डले कतै पनि सम्झौताबारे सन्देह प्रकट गरेका छैनन्। 

पत्रमा एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई संयुक्त रुपमा अनुरोध गर्ने, सत्तारुढ गठबन्धनका दलहरुमाझ छलफल गर्ने र सबै पार्टीका सदस्यहरुलाई राम्रोसँग त्यसबारे सुसूचित गर्ने विषय उल्लेख छ।

त्यसैगरी, पत्रमा ‘सार्वजनिक रुपमा नेपाली जनतालाई एमसीसीबारे बुझाउन नेपाल सरकारको स्रोत र साधन प्रयोग गर्ने, यस (एमसीसी)आयोजना कार्यान्वयनमा सरकारको सहयोग रहेको उल्लेख गर्ने र यसबारे उठेका प्रश्न र भ्रम निवारण गर्ने’ समेत उनीहरुले उल्लेख गरेका छन्।

सत्तारुढ दलहरुले संयुक्त कार्यक्रममार्फत एमसीसी सम्झौता अनुमोदनका लागि सरकार सकारात्मक रहेको दृष्टिकोण प्रवाह गर्ने, एमसीसी सम्झौताबारे सरकारी सञ्चारमाध्यमहरुबाट सत्यतथ्य सूचना प्रवाह गर्ने, सम्झौता कार्यान्वयनमा सघाउ पुगोस् भनेर एमसीए नेपाललाई प्राविधिक र सञ्चार गतिविधिहरु गर्न प्रोत्साहित गर्ने समेत पत्रमा उल्लेख छ। 

माओवादीका नेतालाई नै मनाउन सक्ने अवस्थामा छैनन् प्रचण्ड
एमसीसीको संसदीय अनुमोदनका लागि प्रधानमन्त्री देउवा सकृय भएर अघि वढेका छन् । अमेरिकाले दिएको १ फेब्रुअरी २०२२ को समयसीमा सकिएपनि प्रधानमन्त्री देउवाले फागुन १५ सम्मको समय मागेका छन् ।

देउवा एमसीसीलाई जसरी पनि संसदबाट अनुमोदन गराउन लागेपनि तीन महिनाअघि अमेरिकालाई पत्राचार गर्ने अर्का हस्ति माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफनै निर्णयबाट पछि हटेका छन । माओवादी भित्र गठवन्धन टुडेपनि एमसीसी पारित गर्न नहुने पक्ष वलियो भएपछि प्रचण्ड आफनो अडानबाट पछि हटेका हुन । 

एमसीसीका कारण उनलाई पार्टीमै आफनो इमेज जोगाउन समम्या परेको छ भने एमसीसीसी अनुमोदन गराए चुनावमा जनताले त्यसको सजाय दिने डर समेत छ। त्यसैका लागि ‘सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने’ उपाय प्रचण्डले तयार गरेका छन् ।

उनले दुईवटा विकल्प अघि सार्दै ‘चुनावपछि मात्रै एमसीसी सम्झौता अघि बढाउने वा सम्झौताका विषयवस्तु नै परिमार्जन गर्ने’ भन्दै गठवन्धनमा कुरा समेत राखेका छन् । खासमा उनलाई अहिले पार्टी भित्रकै समस्याले एमसीसीका पक्षमा खुल्न समस्या भएको जानकारहरु वताउँछन् ।

वरिष्ठ पत्रकार कनकमणी दिक्षितले समेत प्रचण्डको यो अप्ठ्यारो अवस्थालाई सामाजिक सञ्जालमा देखाएका छन्। उनी लेख्छन्–‘एउटा रिपोर्ट छ, पुष्पकमलले चाहँदा पनि अन्य माओवादी नेतालाई एमसीसी पास गरौँ भनि मनाउन सक्ने अवस्थामा छैनन। त्यसो हो भने के उनको नेतृत्व सेलाउन थालेको हो ? र फलोवरहरुले ‘पोस्ट–दाहाल एरा’ को तैयारी गर्दै गर्या हो ?’

एमसीसी प्रकरणले पार्टी भित्र प्रचण्डको हैसियत खस्किदै गएको र संगठनात्मक पकड गम्दै गएको प्रष्ट हुने जानकारहरु वताउँछौ। ‘हिजो ५ महिनाको समय मागेर जसरी पनि एमसीसी पारित गर्छौ भन्दै अमेरिकालाई पत्र लेख्ने प्रचण्ड आज किन आफनै पत्रको विपक्षमा लागे ?’ उनीहरु भन्छन्–‘यसले पार्टी भित्र पचण्डको हैसियत प्रष्ट्याउँछ।’

यो पनि

भीम रावलले भने – नेपालले अमेरिकाको सुरक्षा हित विपरित लाग्न पाउनुपर्छ

अस्थिर प्रचण्डः ६ पटक फेरे आफनो र पार्टीको नाम

एमसीसी प्रकरणमा एमालेको धारणा माग्नु नौटंकी हो– बास्कोटा

एमसीसीका विषयमा देउवाको मनसाय वाहिरियो, गठवन्धन संकटमा

के देउवा एमसीसी सम्झौता संशोधन गर्न तयार भएका हुन ?

एमसीसी संसदमा पेश गर्न सभामुखका यस्ता छन् तीन सर्त

प्रधानमन्त्रीसँग प्रचण्डको भेटः एमसीसीका कारण चिसिएको सम्वध सुधारको प्रयास

एमसीसी पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष