News राजनीति

एमसीसी अघि बढाउन देउवाले किन खोजे ओलीको साथ ?

एमसीसी अघि बढाउन देउवाले किन खोजे ओलीको साथ ?

प्रधानमन्त्री शेरबहादुर देउवासिहत तीन शीर्ष नेताको छलफल सकिएको छ। छलफलमा देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली र सत्ता साझेदार दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए।

छलफलमा सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव शंकर पोखरेल पनि सहभागी थिए। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाको आह्वानमा तीन शीर्ष नेता छलफलमा जुटेका थिए। बैठकमा एमसीसी, स्थानीय तह निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

छलफलका क्रममा देउवाले एमसिसी सम्झौता अघि बढाउन प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष ओलीसँग सहयोग मागेका छन्। करिब दुई घन्टा भएको छलफलमा एमालेले भने बैठकमा सत्तापक्ष नै एमसिसीबारे पहिले स्पष्ट हुनुपर्ने बताएको थियो। स्थानीय चुनाव समयमै हुनुपर्ने जोड एमालेको रहेको महासचिव शंकर पोखरेलले बताए।

यसअघि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष ओली पहिलोपटक बालुवाटार पुगेका हुन्।
 

शीर्ष नेता

विशेष