महेश वस्नेत भन्छन्– स्वार्थका लागि प्रचण्ड जस्तो सुकै रास्ट्रघात गर्छन

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले एक पटक फेरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ को धोती खुस्काइदिएका छन् ।
एमसीसी प्रकरणमा आईतवार आफनो प्रतिक्रिया सार्वजनिक गर्दै नेता वस्नेतले प्रचण्डको धोती खुस्किएको वताएका हुन । आफ्नो स्वार्थका लागि प्रचण्ड जस्तो सुकै रास्ट्रघात र अपराध गर्न पनि तयार हुने गरेको एमसीसी प्रकरणले पुष्टि गरेको उनको टिप्पणी छ।
यथास्थितीमा एमसीसी संसदमा प्रस्तुत गर्न नहुने भन्दै भाषण गर्दै हिडेका प्रचण्डले एमसीसी सम्झौता अनुमोदनका लागि आफूहरु तयार रहेको र केही समय (चारदेखि पाँच महिना) चाहियो भन्दै तीन महिनाअघि नै अमेरिकालाई पत्र लेखेको विषय उल्लेख गर्दै वस्नेतले यस्तो टिप्पणी गरेका हुन ।
एमसीसी मुख्यालयलाई पठाएको उक्त पत्रमा प्रचण्डले कतै पनि सम्झौताबारे सन्देह प्रकट गरेका छैनन्। ‘नेपालको राजनीतिज्ञ मध्य दोहोरो चरित्र भएका नेता पुष्पकमल दहाल प्रचण्डको एमसीसी परियोजनाका सन्दर्भमा फेरी एक पटक धोति फुस्किएको छ’ वस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्–‘राजनीतिमा कलाकारिता मिसाउन र आफ्नो स्वार्थ प्राप्तिको लागी रास्ट्रघात, भ्रष्टाचार र अपराध जे पनि गर्न तयार च्याँखे दाउबाट आफ्नो अभिष्ट पुरा गराउन खोज्ने प्रचण्ड तीनका मतियार माकुनेहरुलाई बेलैमा चिन्दै नंग्याउनु परेको छ।’
उनले अगाडि लेखेका छन्–‘एमाओबादी र नेकपा एसका इमान्दार कार्यकर्तालाई नेकपा, (एमाले) प्रबेश गराउदै आगामी तिनै तहको निर्वाचनमा एमालेको बहुमत ल्याउने आधार निर्माण गरौं।’
यसैगरी, नेपाल रेल्वे कम्पनीका पूर्वमहाप्रवन्धक गुरु भट्टराईले पनि प्रचण्डको दोहोरो चरित्रको आलोचना गरेका छन् । ‘एमसिसिको सवालमा प्रचण्डले अमेरिकीहरु भेट्दा एकथोक, बाहिर जनता बेबकुफ बनाउन अर्को थोक बोल्छन भनेर मैले भनेको कुरा के यो पत्रले स्पष्ट गरेको छैन र?’ प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसी मुख्यालयलाई लेखेको पत्र राखेर उनले सामाजिक सञ्जालमा लेखेका छन्–‘प्रचण्ड र माओवादीको राजनीति नै षड्यन्त्र र धोखाधडिमा चलेको छ। देखाउन भारतसँग सुरुङ युद्धको नाटक, भित्र–भित्र भारतीयलाई बिन्तिपत्र। देखाउन अमेरिकालाई साम्राज्यबादी र बिस्तारबादी, भित्र–भित्र अमेरिकीहरुको बन्दूक र पैसाले नेपाली जनताका घाँटी रेट्ने। भन्दा चुनाव कि चुनाव भन्ने तर हामीले जित्ने स्थिती पैदा नभएसम्म चुनाव हुन नदिने बरु बिद्रोहको तयारी गर्ने हो भन्ने (शक्तिखोर टेप कान्ड)। एस्ता अपराधीहरु देशको प्रधानमन्त्री भए भन्दा दुःख लाग्छ।’