News

एमसीसी प्रकरणमा हिमानी भन्छिन– देश गम्भिर संकट उन्मुख छ

एमसीसी प्रकरणमा हिमानी भन्छिन– देश गम्भिर संकट उन्मुख छ

पूर्वयुवराज्ञी हिमानी शाहले देश गम्भिर संकट उन्मुख रहेको वताएकी छिन् । एमसीसी प्रकरणमा वहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहसचिवको स्तरमा झेरर एमसीसी मुख्यालयलाई पत्र लेखेको प्रसंग उठाउँदै उनले यस्तो वताएकी हुन ।

उनले वहालवाला प्रधानमन्त्रीले विदेशी गुप्तचरका प्रमुखलाई मध्यरातमा भेट्नु र तिनकै पछाडि देशका वुद्धिजिवी, ब्यापारी र वहुसंख्यक नेपाली दौडिनुले देश संकट उन्मुख भएको पुष्टि हुने उनले वताएकी छिन् ।

हिमानी शाह नामको ट्वीटर हेण्डलमा उनले लेखेकी छिन्–‘जब देशको बहालवाला र भूतपूर्व प्रधानमन्त्री ‘सहसचिव’को स्तरमा झरेर विदेशीलाई पत्र लेख्छन्, बहालवाला प्रधानमन्त्री विदेशी गुप्तचर निकायको प्रमुखलाई मध्यरातमा भेट्छन् र तिनकै पछाडि देशका धेरै वुद्धिजिवी, व्यापारी र बहुसंख्यक नागरिक दौडिन्छन्, बुझे हुन्छ देश गम्भीर संकट उन्मुख छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले करिब तीन महिनाअघि (कात्तिक १८) अघि नै ग्लास्गो सम्मलेनबाट फर्कने क्रममा एमसीसी सम्झौता पारित हुनेमा विश्वस्त हुन आफु र प्रचण्डले एमसीसी मुख्यालयलाई पत्राचार गरेको खुलासा गरेका थिए ।

उक्त पत्र आईतवार सार्वजनिक भएको छ। पत्र सार्वजनिक भएको विषयमा प्रचण्डले प्रधानमन्त्री देउवासँग आपत्तिसमेत जनाएको स्रोतको दावी छ। प्रचण्ड अहिले एमसीसीको विपक्षमा छन् । देउवा र प्रचण्डले लेखेको पत्रमा एमसीसी मुख्यालयलाई सम्झौता अनुमोदन हुनेमा आश्वास्त हुन आग्रह गरेका छन् ।

एमसीसी सम्झौता अनुमोदनका लागि आफूहरु तयार रहेको भन्दै केही समय (चारदेखि पाँच महिना) मागेर पत्र पठाईएको छ। पत्रमा प्रचण्डले कतै पनि सम्झौताबारे सन्देह प्रकट गरेका छैनन्। 

पत्रमा एमसीसी सम्झौता यथाशक्य छिटो अनुमोदनका लागि प्रतिनिधि सभामा टेबल गर्न सभामुखलाई संयुक्त रुपमा अनुरोध गर्ने, सत्तारुढ गठबन्धनका दलहरुमाझ छलफल गर्ने र सबै पार्टीका सदस्यहरुलाई राम्रोसँग त्यसबारे सुसूचित गर्ने, सार्वजनिक रुपमा नेपाली जनतालाई एमसीसीबारे बुझाउन नेपाल सरकारको स्रोत र साधन प्रयोग गर्ने, आयोजना कार्यान्वयनमा सरकारको सहयोग रहेको उल्लेख गर्ने र यसबारे उठेका प्रश्न र भ्रम निवारण गर्ने समेत उल्लेख गरिएको छ।

यसैगरी, सत्तारुढ दलहरुले संयुक्त कार्यक्रममार्फत एमसीसी सम्झौता अनुमोदनका लागि सकारात्मक रहेको दृष्टिकोण प्रवाह गर्ने, एमसीसी सम्झौताबारे सरकारी सञ्चारमाध्यमहरुबाट सत्यतथ्य सूचना प्रवाह गर्ने, सम्झौता कार्यान्वयनमा सघाउ पुगोस् भनेर एमसीए नेपाललाई प्राविधिक र सञ्चार गतिविधिहरु गर्न प्रोत्साहित गर्ने समेत पत्रमा उल्लेख छ।

हिमानी शाह

विशेष