एनसेलः एचआर प्रमुख श्रीवास्तवद्वारा प्रहरी लगाएर कर्मचारी माथि दुर्ब्यवहार (श्रृंखला– १४)
मलेसियाको एक्जियाटा समूह अन्तर्गत नेपालमा सञ्चालमा रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल एक्जियाटाका कर्मचारीमाथि प्रहरी/प्रशासन परिचालन गरी दुर्ब्यवहार गरिएको छ। एचआर प्रमुख युवराज श्रीवास्तवको योजनामा कम्पनीले नै प्रहरी बोलाएर कर्मचारीमाथि दुर्ब्यवहार गराएको हो।विगत १० महिनादेखी सेवा/सुविधाका लागि शान्तिपुर्ण आन्दोलन गर्दै आएका कर्मचारीहरुमाथि एनसेल व्यवस्थापनले शुक्रवार प्रहरी वोलाएर हातपात गराएको हो। उक्त घट्नाको एनसेल कर्मचारी ट्रेड युनियनले भर्त्सना गरेको छ।
एनसेल कर्मचारी ट्रेड युनियनका अध्यक्ष सुकान्त अधिकारी र महासचिव विजयराज महतले संयुक्त विज्ञप्ती जारी गर्दै कर्मचारीहरु माथि वलपुर्वक धकेलाधेकेलको अवस्था सिर्जना गरेको बताएका छने। उक्त कार्य अत्यन्त निन्दनीय र खेद पुर्ण भएको विज्ञप्तिमा उल्लेख छ। एनसेल ब्यवस्थापनबाट सुनियोजित रुपमा आफना कर्मचारीहरुमाथि गरेको दुर्ब्यवहार र महिनौसम्म कर्मचारीहरुको तलव भत्ता तथा सेवा सुविधामा अंकुश लगाउने कार्यप्रति युनियनले विज्ञप्ति मार्फत भर्त्सना गरेको छ।
एनसेल आजियटा लिमिटेडमा रहेको एकमात्र आधिकारिक ट्रेड युनियन एनसेल कर्मचारी ट्रेड युनियन र एनसेल ब्यवस्थापन बीच मिति २०७७ चैत २३ मा सामुहिक सौदावाजीका लागि कर्मचारीहरुबाट जायज माग संकलन गरी व्यवस्थापन पक्षलाई वुझाए पश्चात आन्तरिक छलफलहरु भएर पनि निस्कर्षमा नपुगेपछि सो वार्ता श्रम कार्यालय हुँदै श्रम मन्त्रालयसम्म पुगेको विज्ञप्तिमा उल्लेख छ।
‘आन्तरिक रुपमा गरिएका छलफलहरु विफल भएको परिप्रेक्षमा सामुहिक सौदावाजीलाई सकारात्मक दिशामा अगाडि वढाउने उदेश्यले कानुनमा रहेका व्यवस्था वमोजिम अत्यावश्यकीय सेवामा आँच वा अवरोध नपु¥याई सांकेतिक तथा शान्तिपुर्ण धर्नाको कार्यक्रम विगत केही महिनादेखि गर्दै आएको ब्यहोरा जानकारी गराउँदछौ’ विज्ञप्तिमा भनिएको छ–‘यसबीचमा सामुहिक सौदाबाजीको दौरान विगतको सामुहिक सौदाबाजीमा भए गरेका सहमति विपरित कर्मचारीलाई निस्काशन गर्ने डेभलपमेण्टल पोष्टिङका नाममा अनाधिकृत रुपमा सरुवा गर्ने तथा व्यवस्थापनको उपल्लो दार्जमा रहेका कर्मचारीहरुले मातहतका कर्मचारीहरुलाई युनियनमा आवद्ध नहुन र युनियनका गतिविधि तथा कार्यक्रमहरुमा उपस्थिती नजनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दवाव दिने र भयको वातावरण सिर्जना गर्ने जस्ता क्रियाकलाप गर्दै आएको छ।’
पछिल्लो पटक माघ २१ गते सामुहिक सौदाबाजी वर्ता गर्न भनी कर्मचारीलाई कार्यालयमा बोलाईएको र सो सँगसँगै प्रहरी प्रशासन पनि बोलाई कर्मचारीलाई दबावमा राख्ने काम गरिएको थियो। ‘पछिल्लो वार्ता पनि विफल उन्मुख भएको सन्दर्भमा कार्यालय समय पश्चात कर्मचारीहरु कार्यालय परिसर भित्र शान्पिूर्ण धर्नाको अवश्थामा रहेको वेला प्रहरी प्रशासनलाई कार्यालय परिसर भित्र वोलाई कर्मचारीहरु माथि वलपुर्वक धकेलाधेकेलको अवस्था सिर्जना गरेको कार्य अत्यन्त निन्दनीय र खेदपुर्ण छ’ विज्ञप्तिमा अगाडि भनिएको छ–‘तसर्थ एनसेल ब्यवस्थापनबाट सुनियोजित तवरमा आफना कर्मचारीहरुमाथि गरेको दुर्ब्यवहार र महिनौसम्म कर्मचारीहरुको तलव भत्ता तथा सेवा सुविधामा अंकुश लगाउने कार्यप्रति यस एनसेल कर्मचारी ट्रेड युनियन घोर भर्त्सना गर्दछ।’
यो पनि
एक महिलाका कारण यसरी पीडित छन् एनसेलका कर्मचारी (श्रृंखला– १३)
नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)
एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)
एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)
एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)
एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)
एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)
एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)
एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)
एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)
आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)
एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)
एनसेल