News बैंकिङ

एनआईसीमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा फाईदै–फाईदा

एनआईसीमा ‘सर्वश्रेष्ठ बचत खाता’ खोल्दा फाईदै–फाईदा

एनआईसी एसिया वैंकले यस अघि सञ्चालनमा रहेको ‘सर्वश्रेष्ठ बचत खाता’ मा पाईने फाईदामा व्यापक फेरवदल गर्दै थप सुविधा दिन थालेको छ। यसअघि १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गरेको छ भने बचत खातामै रू ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाईदा प्रदान गर्ने व्यवस्था गरेको छ । 

यसैगरी, सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले तीन प्रकारका कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाईदा पाउने छन्। जसअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्व स्वीकृत कर्जा सुविधा समेत प्राप्त गर्ने वैंकले जनाएको छ। बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाईदाहरूका साथसाथै सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाईदाहरूलाई पाँच वर्षको अवधीसम्म उपलब्ध गराएको छ । जसलाई निम्नानुसार तालिकामा देखाइएको ।

जसमा डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वार्षिक क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता एवं मेरो शेयर शुल्क, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस/सिपिएस/फन्ड ट्रान्सफर, लकर शुल्क ५ वर्षको लागि निशुल्क गरिएको छ। डेविट कार्ड सिमा ५ लाखसम्म गरिएको छ भने क्रेडिट कार्ड जारी गर्दा शुल्क नलाग्ने र त्यसको एक वर्षको शुल्क मिनाहा गरेको छ।

यनी सुविधा यस अघि सर्वश्रेष्ठ खाताहरू खोलि सकेका ग्राहकहरुमा लागु हुने वैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिएका छन्

वैंकको प्रेस विज्ञप्ति

एनआईसी एसिया

विशेष