News विदेश

पाकिस्तानी विपक्षी नेताले भने - सरकारले जनताको समस्या बेवास्ता गर्दै गए मुलुकलाई भगवानले मात्रै बचाउन सक्छ 

पाकिस्तानी विपक्षी नेताले भने - सरकारले जनताको समस्या बेवास्ता गर्दै गए मुलुकलाई भगवानले मात्रै बचाउन सक्छ 

 

इस्लामावाद । पाकिस्तान सरकार र प्रधानमन्त्री इमरान खानको आलोचना गर्दै विपक्षी दलहरुले नागरिकका वास्तविक समस्याहरुलाई बेवास्ता गर्दै गए, मुलुकलाई भगवानले मात्रै बचाउनसक्ने बताएका छन्। 

लन्डनमा रहेको पूर्वप्रधानमन्त्री शरिफलाई फिर्ता ल्याउने सरकारको अहिलेको तयारीका विषयमा सरकारको आलोचना गर्दै पाकिस्तानी मुस्लिम लिग क्वायडले सरकारले नागरिकका समस्यातर्फ ध्यान नदिएको आरोप लगाएका हुन्। 

पाकिस्तानी मुस्लिम लिगनले सरकारले आफ्नो अमूल्य समय अनावश्यक कुराहरुमा खर्च गरिरहेकोसमेत बताएको छ। पार्टीका अध्यक्ष चौधरी शुजात हुसेनले सन् २०१९ देखि लन्डनमा बस्दै आएका नवाज शरिफ फिर्ता ल्याउने पर्ने आवश्कयता अहिले सरकारलाई के पर्यो भन्दै प्रश्न गरेका छन्। 

मुलुकमा कोरोना महामारी नियन्त्रणमा आउन सकेको छैन, जनताले कोरोनाविरुद्धको खोप पाउन सकेका छैनन्, महामारीकै कारण मुलुकको अर्थतन्त्र निकै दयनीय अवस्थामा पुगेको छ, मूल्यवृद्धिले आकाश छुन लागेको अवस्था, मुलुकका नागरिकका मुद्दाहरु अलपत्र परेका छन्, यी सबै समस्याको निराकरणमा ध्यान दिन छोडेर पाकिस्तान सरकारले नवाजतर्फ ध्यान दिएको भन्दै आपत्ति जनाइएको छ। 

चौधरीले पाकिस्तान सरकार आफूू असफल भएपछि जनताको ध्यान मोड्नका लागि नवाजको मुद्दालाई उचालेकोसमेत बताएका छन्। सन् २०१९ मा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अनुमतिमा उपचारका लागि नवाज लन्डन प्रस्थान गरेका थिए। 

अहिले नवाज लन्डनमै बस्दै आएका छन्। पाकिस्तान सरकारले उनलाई फिर्ता बोलाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि विपक्षी दलहरुले सरकारको आलोचना गरेका हुन्। 

विशेष