News

भोटेकोशी गाउँपालिकाका अध्यक्ष किन भागेका थिए इण्डिया ?

भोटेकोशी गाउँपालिकाका अध्यक्ष किन भागेका थिए इण्डिया ?

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले विकास निर्माणमा पर्याप्त समय नदिएको वडाध्यक्षहरुले आरोप लगाएका छन् । वडा नम्वर ४ का अध्यक्ष साङ दोर्जे सेर्पाका अनुसार अध्यक्ष पौडेल पर्यटक जस्तै कहिलेकाही आउने र अधिकांश समय काठमाण्डौं नै वस्ने गरेका छन् ।

‘गाउँपालिका अध्यक्ष सुरु देखिनै वस्दै नवस्ने मान्छे हो। सुरु मै अध्यक्ष जितेर आउने वित्तिकै वहाँ ६÷७ महिना इण्डिया गएर वस्नु पर्ने कण्डिसन आयो। वहाँ धेरै जस्तो यहाँ वस्दै वस्नुहुन्न। फेमलीहरु सवै काठमाण्डौमा वस्ने। वहाँ यहाँ नवसेको कारणले गर्दा पनि गाउँपालिकामा अलिकति चित्त वुझ्दो चै भएको छैन’ सेर्पा भन्छन्–‘वहाँ एउटा ठुलो ब्यापारी पनि हो। क्रसरदेखि, होटलदेखि सवैको ठुलो ब्यापारी हो। वहाँले यहाँ वसिरहने कण्डिसन देख्नुहुन्न। अरुसँग सोध्दा पनि हुन्छ। महिनामा वहाँ धेरै आउनु भयो भने ५÷७ दिन हो, अरु दिन काठमाण्डौंमै वस्ने हो।

चीनले नेपाललाई पेलेर राखेको छ
चाईनाको अघोषित नाकावन्दीका वारेमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् । ‘हामी चाईनाको वोर्डरमा वसेका छौ। तर हामी अहिले वोर्डरमा वसेको हो की जंगलमा वसेको हो छुट्याउन गाह्रो भएको छ। हामी चाईनाको वोर्डरमै वसेको हो भने वोर्डर खोल्नु पर्छ। २÷४ वटा गाडीका लागि मात्रै नाका खोलेर हुन्न, नेपालबाट पनि सामान चाईना जानुपर्छ’ उनी भन्छन्–‘ चाईनाको समान मात्र नेपालमा आएर हुन्न, यसले नेपालको डलर मात्रै विदेश लाने काम हुन्छ। हाम्रो नेपालको समान पनि चाईना जाने वातावरण वनाउनु पर्छ। अनि मात्रै चाईनासँगको सम्वन्ध राम्रो होला।’

चीनले नेपाललाई हेपेको उनी वताउँछन्। अहिले चाईनातर्फबाट ४ वटा गाडी पठाएर ठुलो सहयोग गरेको गलत पर्चार गरिएको भन्दै उनले चित्त दुखाए। चीनले तिब्बतको खासाबाट स्थानीयलाई उठाएर अन्यत्र लगेको विषयमा उनले दुःख ब्यक्त गरेका छन् । ‘जुन हाम्रा सेर्पा दाजुभाईलाई गुन्जाउ की कहाँ हो त्यहाँ लगेर राखेको छ। उनीहरुको थातथलो खासा हो। खासामा फर्काउनु पर्छ। खासामा मान्छे वसेपछि हामीलाई पनि राम्रो हुन्छ। खासामा मान्छे नै नभएपछि तातोपानीमा पनि मान्छे भए÷नभएको मतलब हुँदैन’ उनले थपे–‘हाम्रा मान्छेहरुलाई खासामा ल्याईदिओस। उनीहरुलाई जति टर्चर र प्रेसर दिएको छ त्यो नगरियोस। हाम्रा धेरै मान्छे भएकाले चिन्ता लाग्छ।’

‘आमरुपमा नेपालीहरुलाई चीन एउटा असल छिमेकी हो, नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन। नेपालीहरुलाई सम्मान गर्छ भन्ने आम धारणा छ। चीन विरोधी केही कुरा गर्यो भने राष्ट्रघाती भन्न थालिहाल्छन्। तिनीहरुलाई के भन्न चाहानु हुन्छ ?’ भन्ने प्रश्नमा उनले भने–‘भुकम्पपछि नाका वन्द गरिसकेपछि यिनीहरुसँग सम्वन्ध होईन, हामीलाई सत्रु जस्तो गरेका छन। चाईनाले नेपाल सरकारलाई सहयोग गर्यो भनेको छ, वाटो वनाउन सहयोग गर्यो भनेको छ। तर, उनीहरु नै आएर मनपरी काम गर्ने, स्थानीय सरकारसँग समन्वय पनि नगर्ने, कति पैसाको लालगत हो त्यो पनि नभन्ने। एकलौटी मनपरी गरेको छ। अनि उसको विरोध नगरेर कस्को विरोध गर्ने हामीले ?’

चाईनाले गलत गरेकोलाई गलत र राम्रै भनेको उनले दावी गरे। ‘मेरो नजरमा चाईनाले नेपाललाई पेलेको छ। यही वाटोको कुरा गरौं, चाईनाले तीन वर्षमा यो वाटो वनाई दिन्छु भनेर जुन तरिकाले यहाँ काम गरेको छ। यो काम एकदमै राम्रो छैन। आज काम गर्यो ६ महिनापछि भत्किने तरिकाले काम गरेको छ। नेपाल सरकारले के हेरेर वसेको छ ? यो वुझेको छैन’ उनले भने–‘चाईनाले स्थानीय सरकारसँग पनि समन्वय गरेको छैन, स्थानीयसँग पनि सरसल्लाह नगरेर आफनै मनपरी ढंगले काम गरेको छ।’

चाईनिजहरुले गरेको कामको हिसावकिताव समेत नेपाल सरकारले नहेर्ने भकाले मनपरी गरेको उनको आरोप छ। चीनको विरोध गर्नासाथ राष्ट्रघाती भन्ने गरेको प्रसंग उठाउँदै उनले सीमा आसपासका स्थानीयले त्यो नजरले नहेर्ने उनले वताए । ‘गलतलाई गलत नै भन्ने हो, जुन गलत गरेको कुरालाई यहाँ रोकेर कसैले रोकिन्न। छेकेर छेकिन्न। गलतलाई हामी गलतै भन्ने हो’– उनले भने। 


यो पनि

चीनको नाकावन्दीले साना ब्यवसायी मर्कामाः गरिखाने माद्यम बैंकले खोस्यो

चीनको ज्यादतीको विरोध गर्दा यसरी वेपत्ता हुन्छन् सीमा क्षेत्रका मान्छे

चीनको सीमानाकाका जनप्रतिनिधि भन्छन– चीन भन्दा भारत राम्रो छिमेकी

यस्तो छ चीनियाँले कब्जा गरेको तातोपानी सुख्खा बन्दरगाह आसपासको क्षेत्र

एमसीसी मार्फत अमेरिकी सेना आउने प्रोपोगाण्डाले नेपाल छिर्यो चीनियाँ सेना ?

साङ दोर्जे सेर्पा

विशेष