News अर्थ कर्पोरेट

ठमेलको पोतला गेष्ट हाउस र महाराजगञ्जको होटल साम्बालामा दिनदहाडै ठगी (श्रृंखला–२)

मेन्यु वाहेक १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट असुल, संचालक संदिग्ध

ठमेलको पोतला गेष्ट हाउस र महाराजगञ्जको होटल साम्बालामा दिनदहाडै ठगी (श्रृंखला–२)

काठमाण्डौको पर्यटकिय क्षेत्र ठमेलको क्षेत्रपाटी चोकबाट करिब सय मिटर पुर्व लागेपछि आउँछ–पोतला गेष्ट हाउस। यो गेष्ट हाउसमा खाने/वस्नेलगायत सवै सुविधा छ।

यातायात र पहुँचको हिसाले होटलबाट डेढ किलोमिटरको दुरीमा दरवार मार्ग छ। जुन हिडेरै १० मिनेटमा पुगिन्छ। गाडिमा करिव आधि घण्टामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल र पाटन दरवार पुग्न सकिन्छ। हाटेलबाट करिव ६ किलोमिटरको दुरीमै छ विमानस्थल र पाटन दरवार स्क्वायर। एक किलोमिटरको दुरीमा काठमाण्डौं दरवार स्क्वायर र तीन किलोमिटरको दुरीमा स्वयम्भु स्तुपा छ। होटलबाट ४ किलोमिटरमा पशुपतिनाथको मन्दिर र १६ किलोमिटरको दुरीमा भक्तपुर दरवार स्क्वायर छ। 

अर्कोतर्फ चार तले आलिसान भवनमा सञ्चालनमा छ, गेष्ट हाउस। पार्किङ्गसहितको सुविधा छ। करिब १ दशमलव ५ रोपनी क्षेत्रफलमा फैलिएको छ, यो गेष्ट हाउस। प्रति आना डेढ करोडले हिसाव गर्दा पनि जमिन मात्रै करिव ३६ करोड मुल्य वरावर हुन आउँछ। ६० लिभिङ्ग रुमसहित छुट्टै रेस्टुरेण्ट, बार तथा गार्डेनसमेत छ। स्वदेशी तथा विदेशी पर्यटकले गुलजार ठमेलमा रहेको यो गेस्ट हाउसमा अतिथीको आउजाउ चलिरहन्छ।

वस्नका लागि डिलक्स, स्ट्याण्डर्ड र सुपेरियर गरी तीन प्रकारका कोठा छन्। प्रत्येक कोठाको शुल्क २ हजारदेखि ४ हजारसम्म छ। जानकारी अनुसार यही गेष्ट हाउस अन्तर्गत महाराजगञ्जमा होटल साम्बला पनि सञ्चालनमा छ। 

तर, यति ठुलो ब्यवासायका संचालक भने संदिग्ध छन। यसको सञ्चालक को हो भन्ने विषय अहिले पनि पर्दा पछाडि नै छ। पहिले तिब्बतियन नागरिकले सञ्चालन गरेको यि दुवै ब्यवसायको स्वामित्व अहिले नेपाली नागरिकले लिएको चर्चा भएपनि ति नेपाली को हुन भन्ने खुलेको छैन। 

भ्याट छलेर मेनु/गैरकानुनी असुली

पोतला गेष्ट हाउसको रेष्टुरेन्ट/ साम्वाला होटलमा देश/बिदेशका मानिसहरु खान र वस्न आउँछन् । तर, यो रेष्टुरेन्ट/होटलले मेनु नै ‘गैरकानुनी’ राखेको पाईएको छ। 

भ्याट नियमावली अनुसार मेनुमा भ्याटसहितको मूल्य राख्नुपर्छ। तर, रेष्टुरेन्ट/होटलले भ्याट बाहेकको मूल्य राखेर उक्त भ्याट सम्बन्धि कानुन मिचेको छ।  

नेपालको प्रचलित भ्याटसम्बन्धि नियम अन्तर्गत मूल्य अभिवृद्धि कर नियमावली, २०५३  को नियम १४ (ख) मा स्पष्ट रुपमा भनिएको छ, ‘दर्ता भएको व्यक्तिले आफ्नो औधोगिक प्रदर्शनी कक्ष, विक्री कक्ष, होटल, रेष्टुरेन्ट, बार, कारोबार स्थल वा आपुर्ति गर्ने स्थानमा राखिएको कर लाग्ने वस्तु वा सेवाको विक्री मूल्य (ट्याग प्राइस, मेनु प्राइस, र सेल्स प्राइस) मा कर सहितको मूल्य उल्लेख गर्नु पर्नेछ ।’ 

तर यो नियमको बर्खीलाप गर्दै यी  रेष्टुरेन्ट र होटलले आफ्नो मेनुमा भ्याट बाहेकको मूल्य उल्लेख गरी भ्याट अतिरिक्त लाग्ने उल्लेख गरेका छन् । अर्थात प्रचलित नियम अनुसार कुनै पनि रेष्टुरेन्टको मेनुमा १३ प्रतिशत अतिरिक्त भ्याट लाग्नेछ भन्दै भ्याट बाहेकको मूल्य राख्न पाईदैन । तर पोतला गेस्ट हाउस र होटल साम्बलाले खुलेआम कानुनको धज्जी उडाएर ‘गैरकानुनी’ मेन्यु राखेका छन् । 

यस विषयमा पोतला गेष्ट हाउसमा सम्पर्क गर्दा एक कर्मचारीले आफनोमा सुत्ने वाहेक खानाको ब्यवस्था नै नरहेको वताए । उनले थप कुरा गर्न चाहेनन्। उसो त नियमनकारी निकायले पनि यस्ता रेस्टुरेन्ट तथा होटलहरुलाई कार्वाही भने गर्न सकेको छैन । 

आन्तरिक राजश्व विभागले भ्याट नियमावलीमा लेखिएको कुरा अक्षरस पालना गर्नुपर्ने बताए पनि त्यसको अनुगमन र नियमन गरेको पाईदैन। 


यो पनि


▶ उपभोक्ता ठग्ने होटलका कर्मचारीले पत्रकारलाई हप्काए (श्रृंखला–१)

▶ मदिरा ब्यापारीको भ्रमको खेती, खुकुरी रमले जाडो भगाउँछ ?

▶ पार्क भिलेजको गोरखधन्दाः गैरकानुनी मेन्यु, उपभोक्तालाई ठगी

 

पोतला गेष्ट हाउस होटल साम्बाला

विशेष