News

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

स्थानीय तहको निर्वाचन वैशाख ३० गते

सरकारले स्थानीय तहको निर्वाचन ०७९ वैशाख गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज वसेको वैठकले स्थानीय निर्वाचनको मिति निर्धारण गरेको हो ।

स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना नगरेकाले निर्वाचनको मिति तोक्नु पर्ने वाध्यतामा थियो–सरकार।

निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र निर्वाचन गर्ने बताएपछि आयोगले ४ जेठ प्रस्ताव ग¥यो ।

४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो । 
 

विशेष