News अपराध सुरक्षा

मादक पदार्थ सेवन गरी खुकुरीले हानेर दुई जनाको हत्या

मादक पदार्थ सेवन गरी खुकुरीले हानेर दुई जनाको हत्या

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा मा खुकुरी प्रहार गरी दुई जनाको हत्या गरिएको छ। ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो ।

स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी आइतबार साँझ वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ ।

विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख राजन अधिकारीले घटनाको थप अनुसन्धान भइरहेको र कानुन अनुसार दोसीलाई कारावही हुने जानकारी दिए ।

हत्या

विशेष