News

ट्रकसँग कार ठोक्किदा तीन जनाको मृत्यु २ जना घाइते

ट्रकसँग कार ठोक्किदा तीन जनाको मृत्यु २ जना घाइते

रूपन्देहीको बुटवलमा ट्रकसँग कार ठोक्किदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परी दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय रन्यौराका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।

दुर्घटनामा बुटवल १३ का अन्दाजी २७÷२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

यसैगरी, घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक फरार छन्। 

विशेष