सम्वन्ध विच्छेद र यसका साईड इफेक्ट

पछिल्लो समय नेपालमा पनि सम्वन्ध विच्छेदका घट्ना वढ्दै गएका छन् । जब पति–पत्नी एकसाथ अगाडि बढ्नै नसक्ने अवस्था आउँछ, उनीहरु अलग हुन्छन्। दम्पतीबीचका प्रेम, विश्वास, भरोसा, आत्मियता, समझदारी आदिमा कमी आएपछि यो अवस्था आउनु स्वभाविक पनि हो।
यस्ले दम्पत्ति बीचको क्षणिक समस्याको गाँठो फुकाउँछ। तर, यसले आफु, परिवार र समाजमा के असर पर्छ भन्नेमा भने उनीहरुले हेक्का राख्दैनन्। यसले उनीहरुको प्रेम त टुट्छ नै भौतिक दुरी पनि बढ्छ । अझै यसले के गर्छ भने, दुबैको गृहस्थी जीवनमा नराम्ररी ठेस लाग्छ ।
यस्ता छन् सम्बन्ध विच्छेदका नकारात्मक प्रभाव
– एकअर्कालको साथ र सहयोग छुट्छ।
– पती–पत्नीको जीवनको लय बिग्रन्छ ।
– मानसिक आघात पुग्छ । तनावग्रस्त अवस्थाको श्रृजना हुन्छ।
– सम्बन्ध बिच्छेद भइसके लगत्तै समाजमा आफुलाई पुर्नस्थापित गराउन गाह्रो हुन्छ ।
– पुन अर्को दाम्पत्य जीवन सुरु गर्न झन्झट र अप्ठ्याराहरु आइलाग्छ ।
– आर्थिक रुपले विभाजित हुनुपर्दा निकै समस्या झेल्नुपर्छ । अभाव र गरिबीको सामना गर्नुपर्ने हुनसक्छ ।
– छोराछोरी, परिवार, आफन्त, नातेदार आदिले सास्ती व्यहोर्नुपर्छ ।
– छोराछोरीले चरम मानसिक पीडाबाट गुज्रनुपर्छ ।
– छोराछोरीले अभिभावकत्व गुमाउँछन् । अभिभावकको संरक्षण, माया, स्नेह गुमाउँछन् ।
– छोराछोरी भयग्रस्त, चिन्ताग्रस्त हुन्छन् ।
– छोराछोरीमा हिनताबोध पैदा हुन्छ, जसको कारण उनीहरुमा आपराधिक मनोवृत्ति समेत मौलाउने भय हुन्छ ।
– सम्बन्ध बिच्छेद गरिसकेपछि फेरी नयाँ दाम्पत्य जीवन सुरु गर्न वा अलग्गै स्थापित हुन समय लाग्छ ।
– साथीभाई, आफन्त आदिको अगाडि शीर निहुरिन्छ ।