महामन्त्रीमा पराजित महतलाई देउवाको पुरस्कार, पवक्तामा नियुक्त
कांग्रेसका चौधौं महाधिवेशनमा महामन्त्रीमा पदमा पराजित भएका डा प्रकाशशरण महत नेपाली कांग्रेसको प्रबक्ता नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ता नियुक्त गरेका हुन्।
महत हालै सम्पन्न पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए। उनी संस्थापन (देउवा) समूहका उम्मेदवार थिए। कांग्रेस प्रवक्ता पार्टीमा पदाधिकारी सरह हुन्छन्। केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन अनुसार देउवाले पहिला उनलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए ।
यसअघि कांग्रेस प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्मा थिए। १४ औं महाधिवेशनबाट उनी महामन्त्रीमा निर्वाचित भएका छन्। प्रवक्ताका लागि महतसँगै देउवा निकटकै रमेश लेखक र एनपी साउद पनि दौडमा थिए।
प्रकाशशरण महत नेपाली काँग्रेस