News राजनीति

कमल थापाले पार्टी छोड्नुको कारणः सैद्धान्तिक विचलन र गलत प्रवृत्ति 

कमल थापाले पार्टी छोड्नुको कारणः सैद्धान्तिक विचलन र गलत प्रवृत्ति 

मंसिरमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनबाट अध्यक्षमा पराजित भएका कमल थापाले पार्टी छोडेका छने । महाधिवेशनमा उनी राजेन्द्र लिंदेनसँग अध्यक्षमा पराजित भएका थिए।

उनले पार्टीको आन्तरिक राजनीतिमा पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुपर्ने पूर्वअध्यक्ष थापाको माग थियो ।

पार्टीका अध्यक्ष  लिङदेनले सुरुमा थापाको मागमा छलफल गर्नै अस्वीकार गरेका थिए। तर, शनिवार भने यस विषयमा राप्रपा अध्यक्ष लिंदेन र थापाबीच भेटेरै कुराकानी भएको वताईएको छ। लिङदेनले थापाका मागका विषयमा छिट्टै निचोड निस्कने पनि वताएका थिए ।

यद्यपी थापा स्थानीय तहको निर्वाचन घोषणा अघि नै आफ्नो माग सम्बोधन हुनुपर्ने अडान लिएपछि दुवैकावीचमा कुरा मिलेको थिएन।

थापाले यसैविचमा सोमवार आफु पक्षका नेताहरुको भेला गरेका थिए। त्यसपछि उनी गृहनगर हेटौंडा भएकै वेला मंगलबार पार्टीबाट अलग भएको घोषणा गरेका हुन ।
पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हाबी भएकाले आफुले पार्टीबाट अलग भएको उनले बताएका छन् । 

कमल थापा

विशेष