News राजनीति

ओली रिझाउन माननियले देखाइन यतिविघ्न आक्रोश ! 

ओली रिझाउन माननियले देखाइन यतिविघ्न आक्रोश ! 

यतिवेला राष्ट्रिय राजनीति एमसीसी प्रकरणले तातिएको छ। तातिएको मात्रै होईन, एमसीसीकै कारणले सत्ता गठवन्धन डगमगाउने खतरा पनि छ।

खाशमा एमसीसी संसदबाट पास गराउनुपर्ने प्रस्ताव नेपालले गरेको थियो । प्रस्तावक थियो, केपी ओली नेतृत्वको सरकार । ओली एमसीसी पास गराउन हर तरहले लागेका थिए, सरकारमा छँदा ।

दुई वर्षअघि मात्रै केपी ओली प्रधानमन्त्री छँदा उनले वोकेका कुरा अहिले पनि ताजै छन् । उनले भन्ने गर्थे– ‘एमसीसी अध्ययन गरेका मान्छे मैले त्यति भेटिनँ । एमसीसी सम्झौता खोजेर ल्याएर पढे हुन्छ । हल्लाका भरमा कुद्ने, जसरी पनि विरोध गर्न पाए हुन्थ्यो भन्ने कस्तो चिन्तन ? खुट्टाले टेकेर हिँड्नेभन्दा हातले टेकेर हिड्ने अभ्यास किन गर्ने ? जे त्यसमा प्रवन्ध छ पढेर ठीक बेठीक यो छ भन्नु एउटा कुरा भयो । लहैलहैमा, लौ अमेरिकी सेना आउने भयो । कहाँ पढ्छन्, के पढ्छन् अचम्म लाग्छ मलाई ? कागले कान लग्यो भन्दा लाँदा त दुख्छ होला नि । दुख्या छैन भने होइन होला भन्नुपरो । दुख्या छैन तैपनि सुटुक्कै लगेछ नि भन्ने हो भने छाम्नु परो नि । दुःखो दुखेन वास्ता नगर्ने अनि लहै लहैमा कुद्ने । पढे हुन्थ्यो नि । के यो देशमा विकास हुन आँट्यो भन्ने चिन्ता हो ? विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ।’

तर सरकार बदलिने गरी राजनीति मोडियो । ओली बालुवाटारबाट बालकोट के पुगेथे, उनको बोली नै लर्वरायो। त्यसपछि ओलीले एमसीसीबारे मौनता साँधे । भित्रभित्र कांग्रेस– माओवादी–समाजवादी गठबन्धन टुटाउने तुरुपका रूपमा एमसीसीलाई प्रयोग गरे । 

सारा संसारलाई थाहा छ–ओली एमसीसीका पक्षपाती हुन । अचम्म त के भने, प्रचण्डलाई गाली गरेर ओली रिझाउन एकथरी एमालेहरुले एमसीसीलाई ब्रम्हास्त्रका रूपमा प्रयोग गरिरहेका छन । गोकुल बाँस्कोटा, सूर्य थापादेखि गंगा थारु अग्रपंक्तिमा छन । अनेक तिकड़म गरी चर्चामा आइरहने गंगा प्रचण्डलाई गाली गर्न अरु भन्दा अघि नै सरेकी छिन ।

उनी त राजनीतिक र तार्किक भन्दा गाली गलौजकै स्तरमा झरेकी छिन । कुनै बेला प्रचण्डलाई महानायक भन्ने गरेकी र दिनहुँ उनको निवास धाउने गरेकी गंगा माओवादी प्रबेशको तयारीमा थिइन। नयाँशक्ति हुँदै एमाले भएकी उनी प्रचण्ड– माधव कित्तामा लागिन । त्यतिबेला उनको काम नै ओलीलाई धारे हात लगाउनु थियो । अहिले सो को क्षतिपूर्ति स्वरूप उनी प्रचण्डको उग्र आलोचनामा लागेकी छिन।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–‘एमसीसी कुनै हालतमा पास हुँदैन भनेर दुनियाँ झुक्याउने प्रचण्ड आखिर पैसाको लागि इमान वेच्ने, दुनियाँ ठग्ने गद्दार नै हो भन्ने कुरा स्पष्ट भयो।’

उनी यतिमा मात्रै रोकिएकी छैनन्। ‘हिजो नसोची एमसीसी भित्र्याउने माओवादी पार्टी आज जनता यसको बिपक्षमा उभिएपछि छेपारे प्रबृत्ति देखाउदै दोष अरुकै टाउकामा थोपर्न खोज्दैछ। कठै यीनका दुरदर्शिता १’ त्यसपछि अरु स्ट्याटस थप्दै उनले लेखेकी छिन्–‘एमसीसी सम्झौतामा सही गरेर प्रचण्डलाई अहिले मुखमा तातो आलु हाले जस्तो भएको छ । कठै दुई जिब्रे प्रचण्ड कमरेड भित्र भित्रै खाओवाद–बाहिर राष्ट्रवाद ।’

एमसीसी गंगा थारु

विशेष