News

जग्गा दलालको पत्रकारलाई प्रलोभन – समाचार लेखिदिनु, इसेवामा पैसा पठाईदिन्छु

जग्गा दलालको पत्रकारलाई प्रलोभन – समाचार लेखिदिनु, इसेवामा पैसा पठाईदिन्छु

बाँकेको कोहलपुर क्षेत्रका एक जना जग्गा दलालले पत्रकारलाई पैसाको प्रलोभन दिएर खरिद गर्न खोजेका छन् । कोहलपुर क्षेत्रमा प्लटिङ गरिएको जग्गाको विक्रिका लागि वनाईएको विज्ञापनलाई समाचार बनाउन उनले पैसाको अफर गरेका हुन ।

कोहलपुर क्षेत्रका भोला तिमल्सिनाले इकान्तिपुर डटकममा प्रकाशित समाचारको लिंक पठाउँदै सोही समाचार नेपाल आजमा पनि प्रकाशित गरिदिन फेसवुक म्यासेन्जर मार्फत आग्रह गरे। समाचारमा कोहलपुर डेभलपर्सले आधुनिक सुविधासहितका घडेरीहरू किस्ताबन्दीमा बिक्री गर्ने योजना ल्याएको उल्लेख छ। कोहलपुरबाट कर्णालीतर्फको खुला क्षेत्रमा पानी, सडकसहित ५०० भन्दा बढी स्मार्ट घडेरीहरू मासिक सरल किस्तामै उपलब्ध गराइने, घडेरी किन्दा २० प्रतिशत मूल्य भुक्तान गरी वार्षिक करिब ११ प्रतिशत ब्याजदरमा ६० किस्तामा भुक्तान गर्न सकिने बताइएको छ । 

कान्तिपुरले छापेको उक्त समाचार ‘समाचार’ नभएर विज्ञापन भएको नेपाल आजले वताएपछि उनले ‘विजनेस न्युज हो, ब्यापारिक हिसावले नै हालिदिनोस न। तपाईलाई पनि पैसा आउँछ’ भन्दै अफर गरे ।

त्यसपछि उनले इसेवा वा बैंकको खाता नम्वर पठाउन आग्रह गर्दै ‘पेट्रोल खर्च आउँछ’ भन्दै प्रश्ताव गरे। त्यसपछि ‘यस्ता प्रायोजित समाचारका लागि नेपाल आजका केही सर्तहरु छन्। ति सर्त अनुसार गर्नोस’ भनेपछि उनी सम्पर्कविहिन भएका छन्।

उनले कान्तिपुरमा छापिएको समाचार पनि पेट्रोल खर्च दिएर नै छाप्न लगाएको चर्चा छ।
 

विशेष